सिमकोट अब राष्ट्रिय सडक सञ्जालमा: हुम्लाबाट चीन जोडिने सपना साकार
काठमाडौं, असार १३ ! नेपालको सबैभन्दा दुर्गम जिल्लामध्ये एक हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिन लागेको छ। यससँगै दशकौँदेखिको सपना साकार हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुक स्टाटसमार्फत सिमकोट सडकसञ्जालमा जोडिन लागेको सूचना दिएका हुन्। प्रधानमन्त्री ओलीले लेखेका छन्, "हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै...
भारतको हिमाचल प्रदेशमा बादल फाट्दा बाढी, दुईको मृत्यु, १० बेपत्ता
काठमाडौँ, असार १२! भारतको हिमाचल प्रदेश राज्यमा मङ्गलबार बिहानपख परेको भीषण वर्षासँगै बादल फाटेपछि आएको अचानक बाढीले कम्तीमा दुई जनाको ज्यान गएको छ भने १० जना अझै बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरू काङ्गडा र कुल्लु जिल्ला हुन्। यी क्षेत्रमा भारी वर्षासँगै आएको बाढीले स्थानीय बस्ती, विद्यालय भवन, सडक र साना पुलहरूमा व्यापक क्षति पुर्याएको...
पतञ्जलीको जग्गा हिनामिना प्रकरण : विशेष अदालतमा माधव कुमार नेपालको बयान जारी, आजै थुनछेक बहस
काठमाडौं, असार ११ ! पतञ्जली आयुर्वेदसँग जोडिएको भनिएको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा आज पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता माधव कुमार नेपालको बयान लिइँदैछ। अदालतले उनलाई आज बिहान उपस्थित गराई बयान लिन सुरु गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पदधारीहरू र अन्य व्यक्तिहरूमाथि सार्वजनिक जग्गा व्यक्तिगत र संस्थागत स्वार्थमा प्रयोग गर्न सघाएको अभियोगमा मुद्दा दायर गरेपछि यो...
ज्ञानेदय विद्यालयमा नि:शुल्क दन्त शिविर सम्पन्न
ॐ समाज डेण्टल अस्पताल र विद्यालयबीच दीर्घकालीन सहकार्यको समझदारीपत्रमा हस्ताक्षर तारकेश्वर, असार ११ । तारकेश्वर नगरपालिका–३ स्थित ज्ञानेदय आधारभूत विद्यालयमा ॐ समाज डेण्टल अस्पताल, बानस्थली शाखाको आयोजनामा एक दिवसीय नि:शुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। तारकेश्वर क्लब ६० को सहकार्यमा सम्पन्न उक्त शिविरमा विद्यालयका १०२ जना विद्यार्थी, अभिभावक तथा स्थानीय टोलबासीहरूले सेवा प्राप्त गरे। स्वास्थ्य परीक्षणसहित दन्त परामर्श तथा सचेतनामूलक...
नेप्से सूचक ०.२२ अंकले घट्यो
काठमाडौं असार १०। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक मंगलबार सामान्य अंकले घटेर २६००.५३ बिन्दुमा पुगेको छ। कारोबार सुरु भएदेखि सकारात्मक देखिएको सूचक अन्तिम समयमा ०.२२ अंकले झरेको हो। नेप्से सूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ। सोमबारको तुलनामा कारोबार कमजोर रहँदा लगानीकर्ताको मनोबलमा असर देखिएको छ। अमेरिका, इजरायल र इरानबीचको युद्ध उत्कर्षमा पुगेसँगै त्यसको मनोवैज्ञानिक असर नेपाली लगानीकर्तामा देखिएको हो। आगामी...
ईजरायल–ईरान युद्ध अन्त्यको घोषणा, २४ घण्टाभित्र पूर्ण युद्धविराम लागू हुने राष्ट्रपति ट्रम्पको भनाई
काठमाडौं, असार १० ! मध्यपूर्वमा १२ दिनदेखि जारी ईजरायल–ईरान युद्ध अन्त्यको दिशामा पुगेको अमेरिकी राष्ट्रपति रोनाल्ड ट्रम ले उल्लेख गरेका छन् । दुबै देशबीच पूर्ण युद्धविरामको औपचारिक सहमति भएको जानकारी सार्वजनिक गरिएको छ। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै, आगामी २४ घण्टाभित्र युद्ध स्थगन हुने घोषणा गरेका छन्। उनका अनुसार, दुबै पक्षले आ–आफ्ना सैन्य अभियानहरू...
दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आइपिओ निष्काशन
काठमाडौं असार ९ ! दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आज सोमबार देखि आफ्नो पहिलो चरणको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने गरेको छ। कम्पनी द्वारा जारी आईपीयो प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ३९ लाख ५० हजार कित्ता शेयर बाट १० लाख ३० हजार ५०० कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र २ लाख ९१ हजार १५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका...
ईरानको तीन आणविक भट्टीमा आक्रमण गरेको ट्रम्पको दाबी, विश्व राजनीतिमा हंगामा!
वाशिङ्टन/तेहरान/न्युयोर्क असार ८ ! संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले आफूले इरानका तीन प्रमुख आणविक साइटहरूमा सफलतापूर्वक बम आक्रमण सम्पन्न गरिसकेको दाबी सार्वजनिक गरेपछि विश्व राजनीतिमा तहल्का मच्चिएको छ। भर्खर सार्बजनिक गरिएको ट्विट हेण्डल र व्हाइट हाउसको ट्विट फेसबुक पेज मार्फत यसको सार्वजनिक पुष्टि भएको हो । ट्रम्पले ट्वीट गर्दै भनेका छन् — > “हामीले इरानका तीनवटा आणविक साइटहरूमा,...
ललितपुरमा पत्रकारलाई एआई, गुगल टुल्स र खोज पत्रकारिता सम्बन्धी तालिम सम्पन्न
ललितपुर, असार ७ ! शुक्रबार डिजिटल मिडिया फाउन्डेशन र नेपाल पत्रकार महासंघ ललितपुर शाखाको संयुक्त आयोजनामा पाँचतारे होटल हिमालय, ललितपुरमा ‘खोज पत्रकारिता, डिजिटल पत्रकारिता र एआई’ विषयमा विशेष तालिम सम्पन्न भएको छ। जिल्लाका २५ जना सक्रिय पत्रकारको सहभागितामा सम्पन्न तालिममा डिजिटल प्रविधिको उपयोग, अनलाइन स्रोतको सदुपयोग, खोज पत्रकारितामा प्रविधिको भूमिका, तथा गुगल टुल्सको व्यवहारिक प्रयोगबारे प्रशिक्षण प्रदान गरियो। तालिमका प्रशिक्षकहरू प्रवेश...
नेपालको सानदार जित, नेदरल्यान्ड्स ६ विकेटले पराजित
ग्लास्गो, स्कटल्यान्ड, असार ५ ! त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत हिजो सम्पन्न पाँचौं खेलमा नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको महत्वपूर्ण जित हात पारेको छ। स्कटल्यान्डको ग्लास्गोमा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले २ बल बाँकी छँदै १८० रनको लक्ष्य पछ्याउँदै शानदार जित दर्ता गर्यो। पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७४ रन बनाएको थियो। जवाफी इनिङमा नेपालले १९.४ ओभरमै...














