तारकेश्वरमा मेयरकै घर अगाडि धान रोप्दै विरोध

काठमाडौं, असार १६ ! धान दिवसका अवसरमा तारकेश्वर नगरपालिका–१० स्थित साङ्ले खोलामा स्थानीयबासीले अनौठो तरिकाले विरोध प्रदर्शन गरेका छन्। नगरप्रमुख कृष्णहरि महर्जनको घर (सुमार्ग हार्डवेयर अगाडि) रहेको करिडोर सडक निर्माण अलपत्र परेपछि स्थानीयवासी र शुभकामना योग साधना केन्द्रका योगीहरूले उक्त स्थानमै सामूहिक रोपाइँ गरेका हुन्। केही दिन पहिले बाटो नबनाए रोपाइँ गर्ने चेतावनी दिएका थिए तर मेयर महर्जनले बेवास्ता गर्दै...

महिला एशियन कप छनोटमा नेपालको सानदार जित, लाओसलाई ९–० ले हराउँदै सयौं खेलको उत्सव

एजेन्सी असार १५ ! नेपालले एएफसी महिला एशियन कप छनोटको पहिलो खेलमा प्रभावशाली प्रदर्शन गर्दै लाओसलाई फराकिलो ९–० गोलअन्तरले पराजित गरेको छ। उज्बेकिस्तानको तास्केन्तमा मंगलबार सम्पन्न खेलमा नेपाली कप्तान सावित्रा भण्डारीको उत्कृष्ट नेतृत्व र चार गोलसहितको ह्याट्रिक निर्णायक रह्यो। नेपालका लागि सावित्रासँगै अनिता बस्नेत, सरु लिम्बु, अनिता केसी र रश्मीकुमारी घिसिङले समान एक–एक गोल गरे भने लाओसले एक आत्मघाती गोल...

विपिनको घातक बलिङसँगै नेपालको विशाल जित, इन्डोनेसिया ३७० रनले पराजित

एजेन्सी, असार १५ !  एसीसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले इन्डोनेसियाविरुद्ध ऐतिहासिक जित दर्ता गरेको छ। आज सम्पन्न खेलमा नेपालले ३७० रनको विशाल अन्तरले विजय हासिल गरेको हो। पहिलो ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ४२० रन बनाएको थियो। यससँगै इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य दिएको थियो। जवाफमा ब्याटिङमा उत्रिएको इन्डोनेसियाको टोली २४.३ ओभरमै ५०...

प्रधानमन्त्री ओलीलाई म्याड्रिडमा भव्य स्वागत

म्याड्रिड, असार १५  ! नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको भ्रमणका लागि म्याड्रिड पुगेका छन्। म्याड्रिडस्थित स्पेनका  लागि नेपाली राजदुत  शनिल नेपाल, दुतावास पदाधिकारी टोलीले उनलाई विमानस्थलमा भव्य स्वागत गरेका छन्। म्याड्रिडमा अवतरण गरेलगत्तै सामाजिक सञ्जालमार्फत संक्षिप्त सन्देश दिंदै ओलीले लेखेका छन्, “Hello Madrid! नेपाली दूतावास टोलीबाट आत्मीय स्वागत पाउँदा खुशी लागेको छ। म स्पेनमा करिब...

असार १५ मा राष्ट्रपति पौडेलको शीतल निवासमै धान रोपाइँ

काठमाडौं, असार १५ ! असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवास परिसरमा आयोजित विशेष रोपाइँ कार्यक्रममा सहभागी भएर परम्परागत कृषि संस्कृति प्रति सम्मान व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले नेपाली जनजीवनसँग गहिरो सम्बन्ध राख्ने धान खेती र कृषकहरूको योगदानलाई स्मरण गर्दै रोपाइँ कार्यक्रममा सहभागी भएको जनाएका छन् । शीतल निवासमै आयोजित कार्यक्रममा राष्ट्रपति आफैंले कोदालोले  खेतमा...

बुटवल–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध, दुम्कीवासको वैकल्पिक मार्गमा खोलाले कटान

नवलपरासी (बर्दघाट सुस्तापूर्व), असार १५ ! बुटवल–नारायणगढ महत्त्वपूर्ण सडक खण्ड अन्तर्गत नवलपरासीको दुम्कीवास क्षेत्रमा पर्ने वैकल्पिक मार्ग बाढीका कारण पूर्णरूपमा अवरुद्ध भएको छ। अविरल वर्षापछि सो क्षेत्रको खोलामा एक्कासि बाढी आएपछि सडक कटान भएको र सवारी आवागमन पूर्णरूपमा रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीय प्रशासनका अनुसार वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको उक्त सडकखण्डमा सवारीसाधन फसेका छन् भने यात्रुहरू...

माधव नेपाल विरुद्ध झाँक्रीको बाण प्रहार: सिनो बोकेर हिड्न सकिन्न

काठमाडौं, असार १५ ! नेकपा (एकीकृत समाजवादी) पार्टीभित्र नेतृत्व संकट झन् गहिरिँदै गएको छ। अध्यक्ष माधवकुमार नेपाल पतञ्जली प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिनमा परेका थिए, जसपश्चात् मुद्दा दायर भई ३५ लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका छन्। केही समयदेखि अध्यक्ष नेपालको भूमिकालाई लिएर असन्तुष्टि बढ्दै आएको थियो। यही सन्दर्भमा नेतृ रामकुमारी झाँक्रीको पछिल्लो तीव्र टिप्पणीले पार्टीभित्रको असन्तुष्टिलाई सतहमा ल्याएको...

प्रधानमन्त्री ओली ‘विकासको लागि वित्त’ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको आयोजनामा स्पेनको सेभिया शहरमा हुने ‘विकासको लागि वित्त (Financing for Development)’ शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज स्पेन प्रस्थान गरेका छन्। २१ जनाको जम्बो टोली सहित स्पेन प्रस्थान गरेका हुन्। प्रत्येक दशकमा एकपटक आयोजना हुने उक्त सम्मेलनमा विश्वका विभिन्न देशका राष्ट्र–नेता, अर्थशास्त्री, नीति निर्माताहरू र विकास साझेदारहरूको सहभागिता रहनेछ। प्रधानमन्त्री ओलीले...

तेहरानमा इजरायलसँगको युद्धमा मारिएका कमाण्डर र वैज्ञानिकहरूको राजकीय अन्त्येष्टि

तेहरान, इरान असार १४! ईजरायलसँगको पछिल्लो १२ दिने युद्धमा मारिएका इरानी सैन्य कमाण्डर र परमाणु वैज्ञानिकहरूलाई राजधानी तेहरानमा आज राजकीय सम्मानका साथ अन्तिम विदाइ दिइएको छ। एन्घेलाब स्क्वायर नजिक आयोजित अन्त्येष्टि समारोहमा करिब ६० जना शहीदहरूको शव बाकसहरू इरानी राष्ट्रिय झन्डाले ओढाइएका थिए। समारोहमा हजारौं सर्वसाधारण, सैनिक, धार्मिक अगुवाहरू र सरकारका उच्चपदस्थ व्यक्तिहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। सहभागीहरूले शोकसहित "मृत्युलाई हेप्नेलाई...

एसईई नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिनेछ

काठमाडौं असार  १३। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा आज साँझसम्म सार्वजनिक हुने भएको छ। शुक्रबार दिउँसो बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले यही निर्णय गरेको हो। दोस्रो चरणको बैठकपछि नतिजा सार्वजनिक गरिने बोर्डले जानकारी दिएको छ। यस वर्ष परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०, सानोठिमी, भक्तपुरले नतिजा आज (असार १३ गते) भित्र सार्वजनिक गर्ने तयारी गरेको हो। यद्यपि, शिक्षक आन्दोलनका...