सर्वोच्चको परमादेशले सहकारी पीडितलाई केही राहत मिल्ने सङ्केत

काठमाडौं, वैशाख ३० ! सर्वोच्च अदालतले सहकारी संस्थाको धितो बिक्री गरी बचतकर्ताको रकम फिर्ता गर्न परमादेश जारी गरेसँगै  पीडित जनताको समस्या केही राहत मिल्ने सङ्केत देखिएको छ । न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले आइतवार बचतकर्ताको रकम सुरक्षित गर्न यस्तो आदेश दिएको हो । सहकारीको सम्पत्ति वा ऋणको धितो बिक्री गरी तत्काल रकम फिर्ता गर्न सर्वोच्चले निर्देशन दिएको छ...

भारतीय राजदूतले बुटवलमा पहलगाम हमलाका पीडित सुदीप न्यौपानेको परिवारलाई सान्त्वना व्यक्त

बुटवल, २९ वैशाख ! नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुटवल पुगेर जम्मू-कश्मीरको पहलगाम हमलामा ज्यान गुमाएका सुदीप न्यौपानेको परिवारलाई भेटी सान्त्वना व्यक्त गर्नुभएको छ। गत साता भएको उक्त आतंकवादी हमलामा २६ जनाको मृत्यु भएको थियो, जसमा २७ वर्षीय नेपाली युवा सुदीप पनि परेका थिए।राजदूत श्रीवास्तवले सुदीपको परिवारसँग भेटघाट गरी उनीहरूको पीडामा सहानुभूति प्रकट गर्नुभयो। यो भेटले भारत र नेपालबीचको...

लुम्बिनीमा २५६९औँ बुद्ध जयन्तीको भव्य तयारी

लुम्बिनी, वैशाख २९ ! भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा २५६९औँ बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिरलाई भव्य रूपमा सजाइएको छ। मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी, बौद्ध विहार, र स्तूपाहरूलाई रंगीचंगी बत्ती, फूलमाला, र बौद्ध ध्वजाहरूले झलमल बनाइएको छ। विशेष सरसफाइ अभियानले सम्पूर्ण क्षेत्र स्वच्छ र आकर्षक देखिएको छ। लुम्बिनी विकास कोषले वैशाख २८, २९, र ३० गते तीन दिनसम्म मनाइने उत्सवका लागि...

भारतीय राजदूतावासद्वारा सगरमाथा संवादका लागि नेपाललाई १५ विद्युतीय सवारीसाधन सहयोग

काठमाडौँ, वैशाख २९! भारतीय राजदूतावासले नेपाल सरकारलाई सगरमाथा संवाद (Sagarmatha Sambaad) को पहिलो संस्करणको लागि १५ वटा विद्युतीय सवारीसाधन सहयोगस्वरूप प्रदान गरेको छ। यी सवारीसाधनहरू मे १६ देखि १८, २०२५ मा काठमाडौँमा आयोजना हुने उक्त संवादका अतिथि र अधिकारीहरूको आवागमन सुविधाका लागि प्रयोग हुनेछन्। सवारीसाधन हस्तान्तरण समारोह मे ११, २०२५ मा काठमाडौँमा सम्पन्न भएको थियो। भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालका...

प्रेस सेन्टर ललितपुर जिल्लाको सिडियो मार्फत सरकारलाई ज्ञापनपत्र

ललितपुर वैशाख २८। प्रेस सेन्टर नेपाल ललितपुरले पत्रकार सुरेश रजकको निर्मम हत्या, प्रेस स्वतन्त्रतामाथिको बढ्दो आक्रमण र सञ्चारकर्मीको असुरक्षाविरुद्ध प्रमुख जिल्ला अधिकारीमार्फत १० बुँदे ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको छ। प्रेस सेन्टर नेपाल केन्द्रको पाँचौं राष्ट्रिय महाधिवेशनपछि गठित नयाँ कार्यसमितिको पहिलो औपचारिक बैठकले पत्रकार सुरेश रजकको हत्या र पछिल्लो समय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भएका आक्रमणको कडा निन्दा गरेको छ।...

भारत-पाकिस्तान तनावमा नेपाल सरकारको चिन्ता: आतंकवाद विरोधी स्थिति र शान्तिको आह्वान

काठमाडौं वैशाख २६ ! भारत-पाकिस्तानबीच बढ्दो तनावका बीच नेपाल सरकारले आधिकारिक प्रतिक्रिया व्यक्त गर्दै आतंकवाद विरोधी स्थिति र क्षेत्रीय शान्तिको आवश्यकतामा जोड दिएको छ। विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा नेपालले पहलगाम आतंकी घटनासहित हालका घटनाक्रममा गम्भीर चिन्ता व्यक्त गरेको छ। नेपाल सरकारले यसरी तीन मुख्य बुँदामा आफ्नो धारणा राखेको छ: १. पहलगाम आतंकी घटनामा नेपाली नागरिकको मृत्युले गर्दा चिन्ता: वक्तव्यमा भनिएको छ,...

नेपाल प्रहरी प्रमुख थापा र अमेरिकी राजदूत डिन आर. थोम्पसन बिच शिष्टाचार भेटवार्ता सम्पन्न

काठमाडौं वैशाख २६ । नेपाल प्रहरीका महानिरीक्षक दिपक कुमार थापा र संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थोम्पसन (Dean R. Thompson) बीच आज शिष्टाचार भेटघाट सम्पन्न भएको छ। यस भेटवार्तामा दुवै पक्षबीच सुरक्षा, आपराधिक न्याय तथा द्विपक्षीय सहयोगका विषयमा छलफल भएको प्रहरी प्रमुख कार्यालयले जनाएको छ। भेटवार्ताका क्रममा, प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरीले सुरक्षा, मानवअधिकार र कानूनको शासन कायम गर्न...

नेपालले असंलग्नतामा आधारित सन्तुलित परराष्ट्र नीति अपनाओस :वाईसिएल अध्यक्ष शेर्पाली

काठमाडौं वैशाख  २६ । माओबादी  केन्द्रको भातृ संगठन युवा लिग (वाईसिएल) नेपालका अध्यक्ष सुबोध राज शेर्पालीले भारत र पाकिस्तान बीच चलेको द्वन्द्वमा नेपालले असंलग्न नीति अपनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन्। उनले दुवै छिमेकी मुलुक बीच शान्ति, आपसी सद्भाव र मानवीयताको आधारमा समाधान निक्लियोस् भन्ने आशा व्यक्त गर्दै नेपालको परराष्ट्र नीति सन्तुलित र असंलग्नतामा आधारित हुनुपर्ने कुरा व्यक्त गरेका...

राजतन्त्र पुनर्स्थापनाको मागमा जेठ १५ देखि अनिश्चितकालीन जनआन्दोलन घोषणा

काठमाडौं, वैशाख २५ । राजतन्त्र पुनर्स्थापनाको माग राख्ने "राजशक्ति पुनर्स्थापना राष्ट्रिय समिति" ले जेठ १५ (मे २९, २०२४) देखि अनिश्चितकालीन जनआन्दोलन सुरु गर्ने घोषणा गरेको छ। समितिले संवैधानिक राजतन्त्र फिर्ता ल्याउन, हिन्दू राष्ट्र घोषणा गर्न र नेपाललाई फेरि एकताबद्ध गर्न माग गरेको छ। मुख्य मागहरू: 1. संवैधानिक राजतन्त्र पुनर्स्थापना (पूर्व राजा ज्ञानेन्द्र शाहलाई संवैधानिक प्रमुख बनाउने)। 2. नेपाललाई हिन्दू राष्ट्र घोषणा (२००८...

भारतले पाकिस्तानी आतंकी ठिकानामा सैन्य हमला गर्यो : “ऑपरेशन सिन्धुर” घोषणा

एजेन्सी वैशाख २४ ! भारतीय सेनाले आज पाकिस्तानी नियन्त्रित कश्मीर र पाकिस्तानभित्रका ९ आतंकी ठिकानामा सैन्य कारबाही गरेको छ। यसबारे भारतीय रक्षा मन्त्रालय र पाकिस्तानी रक्षा मन्त्रालयले पुष्टि गरेको छ । भारतीय रक्षा मन्त्रालयले यसलाई "ऑपरेशन सिन्धुर" (Operation Sindhur) को नाम दिएको छ। कारबाहीको कारण: - यो कारबाही पहलगाममा भएको आतंकवादी हमलाको प्रतिक्रियामा गरिएको हो, जसमा २५ भारतीय र एक नेपाली...