बाग्मती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं वैशाख २४ ! बागमती प्रदेश सरकारले आज वैशाख २४ गते भाषा दिवसको अवसरमा बाग्मती प्रदेशभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ। प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले यसको सूचना जारी गरेको हो। प्रदेश सरकारी कामकाजी भाषा ऐन २०७९ को कार्यान्वयनलाई चिन्हित गर्दै यस वर्षदेखि 'भाषा दिवस' मनाउने निर्णय गरिएको हो। मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले यस अवसरमा सार्वजनिक...

पुर्व मन्त्री तथा वामपन्थी नेता नेपालको निधन

काठमाडौं वैशाख २३ ! पूर्व मन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधनले नेपाली राजनीतिक क्षेत्रमा शोक छाएको छ। उनको निधन मंगलबार, दिउँसो नर्विक अस्पतालमा ७१ वर्षको उमेरमा भएको हो। उनी लामो समयदेखि पार्किन्सन रोग लगायत स्वास्थ्य समस्याबाट ग्रस्त थिए, जसले गर्दा उनी राजनीतिक रूपमा सक्रिय मुश्किल थियो। के थिए प्रदीप नेपाल? - वामपन्थी विचारधारा र नेपाल कम्युनिस्ट पार्टी (एमाले) सँग जोडिएका...

लखनऊ बिरुद्द पञ्जाबको शानदार जित

इजेन्सी वैशाख २२ ! पञ्जाब किङ्स र लखनउ सुपर जायन्ट्सबीच २०२५ को आईपीएलको ५४औं खेलमा पञ्जाबले ३७ रनको शानदार जित हासिल गरेको छ। यस खेल सँगै ११ खेल खेलेको पंजाब ७ खेलमा जित हासिल गरेको छ भने ३ खेलमा हार बेहोरेको छ । हिजोको  जित सँगै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेल ४ मे २०२५ मा धर्मशालाको हिमाचल प्रदेश क्रिकेट...

आज सुनको मूल्यमा रु ६०० को वृद्धि, चाँदी स्थिर

काठमाडौं, बैशाख २१ । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रति तोला रु १,८४,१००/- पुगेको छ, जुन हिजोको तुलनामा रु ६००/- ले वृद्धि हो। तर, चाँदीको मूल्य भने स्थिर रहँदै प्रति तोला रु १,९३०/- मा यथावत् रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि तथा डलरको सापेक्षमा नेपाली रुपैयाँको अवमूल्यनका कारण सुनको मूल्यमा यस्तो वृद्धिको...

ईस्टर्न हाइड्रोपावर लिमिटेड (EHPL) – सम्पूर्ण सेयर विश्लेषण

 Eastern Hydropower Limited (EHPL) को आर्थिक (fundamental), प्राविधिक (technical) विश्लेषण, र लक-इन अवधि (lock-in period) सहितको सम्पूर्ण जानकारी  कम्पनी परिचय ईस्टर्न हाइड्रोपावर लिमिटेड (EHPL) नेपाल स्टक एक्सचेन्ज (NEPSE) मा सूचीकृत जलविद्युत कम्पनी हो। ६२ करोड रुपैयाँको चुक्ता पूँजी सहित सञ्चालित यस कम्पनीले नेपालको ऊर्जा क्षेत्रमा दीर्घकालीन वृद्धिको सम्भावना देखाइरहेको छ। १. आधारभूत (Fundamental) विश्लेषण प्रति सेयर आम्दानी (EPS): रू. ६.२२ (आ.व. २०८१/८२ को...

सरकारको नीति तथा कार्यक्रमको (पूर्णपाठ)

काठमाडौं वैशाख २०! शुक्रबार सरकारले वर्षभरि गरिने कामको फेहरिस्त सहितको नीति तथा कार्यक्रमको घोषणा गरेको छ । काँग्रेस र एमाले मिलेर बनेको दुईतिहाइको सरकारको नीति तथा कार्यक्रममा खास महत्वकांक्षा योजना भने देखिँदैन । यद्यपि पुराना योजनाहरुलाई समापन गर्ने संकल्प भने गरेको छ। तलको लिङ्कमा गएर हेर्नुहोस आर्थिक  वर्ष २०७२/२०७३को नीति तथा कार्यक्रम नीति-तथा-कार्यक्रम-नेपाली-फाइनल-all_copy

प्रोशेष पाण्डे ‘द भ्वाइस अफ नेपाल सिजन ६’ का विजेता घोषित

काठमाडौं वैशाख २० ! गायक प्रोशेष पाण्डे ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ का विजेता बनेका छन्। शुक्रबार सम्पन्न ग्रान्ड फिनालेमा उनले तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधिसहित नगद २० लाख रुपैयाँ जितेका हुन्। प्रोशेषले टिम खेम सेञ्चुरीबाट प्रतिनिधित्व गरेका थिए। फिनालेमा टिम मेलिना राईका रोशन राई फर्स्ट रनरअप बनेका छन्। त्यसैगरी, टिम राजु लामाका प्रमेश राई सेकेन्ड रनरअप र...

३२औं विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं वैशाख २० ! ३२औं विश्व प्रेस स्वतन्त्रता दिवस आज नेपालसहित विश्वभर विविध कार्यक्रममार्फत मनाइँदैछ। यो दिवस हरेक वर्ष मे ३ तारिखमा मनाइन्छ। सन् १९९१ मा नामिवियाको विन्डहकमा आयोजित अफ्रिकी पत्रकार सम्मेलनबाट जारी गरिएको घोषणापत्रको स्मरण गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि यो दिवस मनाउन थालिएको हो। यस वर्ष २०२५ को लागि युनेस्कोले “Time to put AI on the...

काँग्रेस सभापति देउवा र प्रधानमन्त्री ओली प्रचण्डको पर्खाइमा

काठमाडौं वैशाख १९ ! सङ्क्रमणकालीन न्यायमा सहमति जुटाउने उद्देश्यले सिंहदरबारमा बोलाइएको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित रहेपछि प्रक्रिया निष्कर्षविहीन भएको छ। बैठकमा उनी उपस्थित नहुनुको कारण सरकार कुनै निर्णय गरेर आफूलाई मुछ्ने तयारीमा रहेको आशङ्का रहेको बताइएको छ। प्रधानमन्त्रीका सङ्क्रमणकालीन सल्लाहकार अग्नी खरेलको पहलमा तीन पूर्वप्रधानमन्त्री—प्रचण्ड, केपी शर्मा ओली र शेरबहादुर देउवाबीच भेटवार्ता तय गरिएको थियो।...

आईपीएल २०२५: मुम्बई इन्डियन्सको बिस्फोटक जित, राजस्थान रोयल्स १०० रनले पराजित

जयपुर, वैशाख १८ ! मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई १०० रनको विशाल अन्तरले पराजित गर्दै आईपीएल २०२५ को प्लेअफ नजिक पुगेको छ। जयपुरस्थित सवाई मान सिंह स्टेडियममा बिहीबार भएको खेलमा मुम्बईले पहिलो ब्याटिङ गर्दै २१७ रनको विशाल योगफल खडा गर्‍याे। मुम्बईका लागि रोहित शर्मा (५३) र रायन रिकेल्टन (६१) ले अर्धशतक प्रहार गरे भने कप्तान हार्दिक पाण्ड्या (४८*) र सूर्यकुमार यादव...