पेटमा अपच भयो भने के गर्ने ? कारण र उपायहरू
काठमाडौं ! खानपानमा ध्यान नदिँदा चाडबाडको समय धेरै व्यक्तिको पेट सम्बन्धी समस्या देखिने गर्दछ । दशैं तिहारको बेला धेरै खाने चलन पनि रहेको छ। यसबाट सबैभन्दा बढी नेपालीहरु पेटको रोगबाट ग्रसित हुने गर्दछन् । यसमध्ये अपच हुने पनि एक महतत्वपूर्ण रोग हो। हामीले खाएका खाना पचाउन शरीरको भित्री अंगहरु आमासय, आन्द्रा, पाकथैली र मुखमा र्याल सक्रिय हुने गर्दछन् । तर...
दुनियाँको एक चर्चित ब्राण्ड टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन
एजेन्सी ! रतन टाटाको ८६ वर्षको उमेरमा बुधबार राति निधन भएको हो । उनी विगत केही दिनदेखि मुम्बईको एक अस्पताल ब्रीच क्यान्डीमा उपचाररत थिए । यसअघि रतन टाटाले आफ्नो स्वास्थ्यको बारेमा भइरहेको अनुमानलाई खारेज गरेका थिए । सोमबार मात्रै सामाजिक सञ्जालमा पोस्ट गर्दै उद्योगपतिले आफ्नो स्वास्थ्यको बारेमा भइरहेको अनुमानलाई खारेज गर्दै आफ्नो उमेरका कारण नियमित स्वास्थ्य परीक्षण भइरहेको बताएका थिए...
नेपाल पत्रकार महासंघको सबै तहको निर्वाचन मङ्सिर २८ गते गर्ने
काठमाडौं! असोज १९ गरेको लागी डाकिएको नेपाल पत्रकार महासंघको अध्यक्षहरुको भेलाले मङ्सिर २८ गते गर्ने निर्णय गरेको छ। पटक पटक निर्वाचनको मिति घोषणा गरिए तापनि निर्वाचन हुन सकेको छैन। सदस्यता विवादका कारण पार्टी निकट विभिन्न भातृ संगठन र गुट उपगुट द्वारा आफ्नो सदस्यता थप गर्न विभिन्न विवादित प्रपञ्च रचिएको थियो । निर्वाचन गराउन नसके पछि केन्द्रिय पदाधिकारीहरु, सदस्यहरु प्रदेश तथा...
वाईसिएल नेपालद्वारा बाढी प्रभावित डुबान क्षेत्रमा उद्धार तथा राहत वितरण
काठमाडौं। वाईसिएल नेपाल बाढी प्रभावित डुबान क्षेत्रमा उद्धार देखी खाद्यान्न, आर्थिक सहित सरफाईमा निरन्तर लागी परेको छ । असोज ११ गते र १२ गते परेको भिषण बर्षाको कारण डुबानमा परेको काठमाडौंको बल्खु कालिमाटी त्रिपुरेश्वर क्षेत्रमा खटिएको थियो। थापाथली एरियामा पार्टी अध्यक्ष प्रचण्डको निर्देशन लगत्तै वाईसिल नेपालका केन्द्रीय अध्यक्ष सुबोधराज सेर्पालीले आफ्नो पुरै संगठनलाई तक्काल उद्धार र रेस्कुमा फिल्डमा जान निर्देशन दिए...
लमजुङको सुन्दरबजारमा हाट बजार सञ्चालनमा
भरत न्यौपाने लमजुङ ! स्थानिय कृषिजन्य उत्पादनहरूलाइं प्रोत्साहन गर्ने उद्देश्यले लमजुङ जिल्लामा स्थित सुन्दरबजार नगरपालिका अन्तर्गत सुन्दरबजारमा आज देखि हाट बजार सञ्चालनमा आएको छ । यस क्षेत्रमा अवस्थित सबै उत्पादकहरु तथा उपभोक्ताहरुलाई मध्यनजर गर्दै हाट बजार सुरू भएको हो। यसले जिबन निर्वाह मुखी देखि व्यवसायिक किसानहरुलाई धेरै नै फाईदा पुग्नेछ भने उपभोक्ताहरुलाई पनि किनमेलमा सजिलो हुनेछ। गाउँघरमै उत्पादन भएको अर्गानिक तरकारी...
लमजुङमा थपियो नमुना पेट्रोल पम्प
भरत न्यौपाने लमजुङ ! लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नं ९ स्थित भोटेओडार, फूलबारीमा आशिका ट्रेडर्स (नमुना पेट्रोल पम्प) सञ्चालनमा आएको छ। २०८१ असार २३ गते देखि सञ्चालनमा आएको हो। युवा व्यवसायी सुरेश बाबु अधिकारी र तिर्थ राज न्यौपानेको संयुक्त लगानीमा उक्त पम्प सञ्चालनमा आएको हो । यस अघि लमजुङ जिल्लामा २ ओटा मात्र पेट्रोल पम्प रहेको थियो भने अब आशिका...
एसईईको पूरक परीक्षाको नतिजा सार्वजनिक
काठमाण्डौ ! उच्च माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । यसअघि परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरी कक्षा ११ मा पढ्न पाउनेभएका थिए। ५२ प्रतिशत विद्यार्थी (एनजी) फेल भएका थिए। पूरक परीक्षा दिने विद्यार्थी दुईलाख दश हजार मध्य एक लाख उन्नाईस हजारले मात्र पास गर्न सफल भएका छन् । बाँकी...
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सुरक्षाको कारण देखाउदै दिए प्रहरीमा निबेदन
काठमाडौँ ! जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र उनकी पत्नी सोनी सिन्धु रानीले सुरक्षाको कारण देखाउदै प्रहरीमा निबेदन दिएका छन् l उनीहरुले एक अर्काविरुद्ध सुरक्षा खतरा भएको भन्दै प्रहरीसमक्ष निवेदन दिएका हुन् । जिल्ला प्रहरी स्रोत ललितपुरका अनुसार, राउतले प्रहरी प्रभाग इमाडोल र उनकी पत्नीले प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिएको बुझिएको छ। राउतले इमाडोलमा श्रीमतीविरुद्ध शान्ति सुरक्षा माग गर्दै निवेदन दिएको...
सुनको भाउमा नयाँ रेकर्ड कायम
काठमाडौँ ! सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ l पछिल्लो दुई दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको छ । साेमबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो । सोमबार छापावाला सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। आईतबार छापावाला सुन प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो l
उपत्यकामा आज इन्द्रजात्रा भव्यरुपमा मनाइँदै
काठमाडौँ ! उपत्यकामा आज वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी इन्द्रजात्रा पर्व मनाइँदैछ । भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व उपत्यका को काठमाडौँ,भक्तपुर, ललितपुरका साथै धुलिखेल, दोलखालगायतका विभिन्न स्थानमा मनाइने गरेको पाइन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने चलन रहेको पनि पाइन्छ l भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि...














