मनोनयन दर्ता गर्न दलबल सहीत अध्यक्ष प्रचण्ड गाेरखा
काठमाडौँ असोज २३! ने.क.पा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सहकर्मी डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई लिएर गोरखा पुग्नु भएको छ । आईतवार गोरखा क्षेत्र नं २ मा उमेदवारी दर्ता गर्न गोरखा पुग्नु भएको हो। यसअघि बावुराम भट्टराई र नारायणकाजी श्रेष्ठ को क्षेत्रमा चुनाव लड्न गोरखा पुग्नु भएको हो। बाबुराम भट्टराईले प्रचण्डका लागी त्याग गरेकाे बताइन्छ।
प्रचण्ड गोरखा जाने भएपछि भट्टराई खुशी
काठमाण्डौ असोज २२ ! ने.क.पा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गोरखा क्षेत्र नं २ बाट निर्वाचन लड्ने हुनुभए सँगै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले खुशी व्यक्त गर्नुभएको छ । माओवादी केन्द्रको शुक्रवार बेलुका बसेको पदाधिकारी बैठकले अध्यक्ष दाहाललाई गोरखा क्षेत्र नं २ बाट चुनाव लड्ने निर्णय भएको थियो। डा. भट्टराईले २०८९ को मङ्सिर ४ को चुनावमा प्रतिस्पर्धा...
चिनियाँ राष्ट्रपति सी जिनपिङ नजरबन्दमा परेको भन्दै भारतिय मीडिया
काठमाडौँ असोज ११ ! चिनियाँ राष्ट्रपति सी जिनपिङ नजरबन्दमा परेको भन्दै भारतिय मीडियामा याे समाचार भाइरल बनेको छ। चिनियाँ संचार माध्यमहरुले भने यस किसिमको प्रोपगाण्डाको बिरोध गरेका छन्। यो हल्ला भ्रष्टाचार आरोपमा चीनका पूर्व न्यायमन्त्रीलाई जन्मकैद सुनाइए सँगै तिव्र हुँदै गएको हो । सी जिन पिङलाई पिएलए प्रमुखबाट हटाएपछि उनलाई नजरबन्दमा राखिएको भन्ने सुन्नमा आएको भन्ने कुरा बाहिर आएको हो।
डेंगुका कारण हालसम्म ज्यान गमाउनेहरुको संख्या ३२ पुग्यो
काठमाडौं असोज ११ ! पछिल्लो समय देशभर डेंगुका कारण ज्यान गमाउनेहरुको संख्या ३२ पुगेको छ । डेङ्गुको बिरामीको संख्या बढ्दो क्रममा छ । साउन देखि नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ हजार ५४३ जनामा संक्रमण देखिएको छ । मन्त्रालय का अनुसार हालसम्म प्रदेश १ मा ७७५, मधेशमा ३८०, बागमतीमा १९ हजार ९१०, गण्डकीमा ५५६, लुम्बिनीमा दुई हजार ८८७, कर्णालीमा...
बंगलादेश विरुद्धको मैत्रिपूर्ण खेलमा नेपालको सानदार जित
काठमाडौँ असोज ११ ! बंगलादेश विरुद्धको मैत्रिपूर्ण खेलमा सानदार जित हात पारेको छ। ३-१ गोल अन्तरले विजयी भएको हो । मंगलबार दशरथ रंगशालामा भएको मैतरीपूर्ण खेलमा अञ्जन विष्टले ह्याट्रिक गरेपछि नेपालले बंगलादेशलाई ३-१ ले पराजित गरेको हो ।अञ्जन विष्टले पहिलो हाफमै ह्याट्रिक गरेपछि नेपालको जित सहज भएको थियो । दोस्रो हाफमा बंगलादेशले एक गोल फर्काए पनि नेपाल जितको लागि त्यो...
वीरगन्जको कृषि औजार कारखाना सञ्चालनमा ल्याउन आविष्कार केन्द्रसँग सम्झौता : जनार्दन शर्मा
काठमाडौं असोज ११ ! वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रले पुनः सञ्चालनमा ल्याउने भएको छ । माननिय अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले मंगलबार अर्थ मन्त्रालयमा नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता पत्रमा हस्ताक्षर भएको जानाकारी दिनुभएको हो । यो सँगै देशमा भएका रुग्न उद्योगहरू धमाधम खुल्ने अर्थमन्त्री शर्माले जानकारी दिनुभयो। साथै अन्य ठाउँका उद्योगहरू पनि सञ्चालनमा ल्याउन लागेको बताउनुभयो...
वाईसीएल नेपाल सुदुरपश्चिम प्रदेश समितिको पूर्ण बैठक सोमवार धनगढीमा सम्पन्न
धनगढी असोज १० ! नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपाल सुदुरपश्चिम प्रदेश समितिको पूर्ण बैठक सोमवार धनगढीमा सम्पन्न भएको छ । वैठकमा भदाै ३-५ मा काठमाडौ भेलाबाट पारित राजनितिक, आर्थिक तथा समसामयिक विषयहरू अनुमोदन गर्दै सम्पन्न भएको हो । बैठकमा केन्द्रिय अध्यक्ष सुबोराज सेर्पाली ले “सबै युवा वाईसीएल” मा भन्ने नाराका साथ तीन महिने संगठन सुदृढीकरण तथा बिस्तार अभियान...
सोमवार सुनकाे भाउ स्थिर
काठमाडौं असोज १०! सोमबार सुनको भाउ स्थिर रह्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम रहेको छ, भने तेजावी सुनको मूल्य तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । सोमबार चाँदीको भाउ भने १० रुपैयाँले घटेर तोलामा ११ सय ६० रुपैयाँ मा आएको छ । आइतबार चाँदीको भाउ प्रतितोला ११...
चितवनमा ७ सयभन्दा बढी नेता-कार्यकर्ता माओवादीमा प्रवेश
चितवन असोज ९! चितवनका चर्चित व्यवसायी विजय घले सहित विभिन्न दल तथा समुदायबाट ७ सयभन्दा बढी नेता-कार्यकर्ता देशको परिबर्तनको मुलधारको नेतृत्व प्रचण्ड र माओबादी पार्टी नै हो भन्ने ठहर गर्दै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक कार्यक्रमकाबीच उनीहरुलाई पार्टीमा स्वागत गर्नुभएको हो। स्वतन्त्र, व्यवसायी तथा नेकपा एमालेका नेता तथा कार्यकर्ता नेकपा मोओवादी केन्द्रमा...
गुटहरु र स्वार्थ समुहको अन्त्य अनिवार्य: बिमला केसी
सुर्खेत असाेज ९! ने.क.पा. (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले गुटहरु र स्वार्थ समुहको अन्त्य अनिवार्य रहेकाे बताउनुभएकाे छ। वाईसीएल नेपालको दोस्रो राष्ट्रिय भेलापछी बसेको कर्णाली प्रदेश समितिको पुर्ण बैठकमा बोल्दै गुटहरु र स्वार्थ समुहको अन्त्य अनिवार्य रहेको आवस्यकता औंल्याउदै केसीले भन्नुभयो सत्ता केही होइन इमान्दारी भएर पार्टी र संगठनको काममा लाग्न एवं प्रतिक्रान्ति रोक्न संघर्ष गर्नुपर्ने माओवादीका...














