नेप्से लगातार ओरालो
काठमाण्डौ असार ७। धितोपत्र बोर्डले ५१ कम्पनी खराब रहेको विज्ञप्ति निकाले पछी नेप्से लगातार ओरालो लागेको छ । आईतवार साताको पहिलो दिन पनि बजारमा नेप्से परिसूचक ६३.११ अंकले ओरालो लागेर २९०५.३२ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.१३ प्रतिशतले घटी हो । विज्ञप्ति अघि ३००० बिन्दु पार गरेको परिसूचक झरेर २९०० बिन्दुमा आएको छ ।
वाइसिएल नेपालका अध्यक्ष राहत सामग्री सहित मेलम्चीमा
काठमाण्डौ असार ४। माओवादी केन्द्र निकट भातृ संगठन वाइसिएल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा 'दीपशिखा' केन्द्रीय टोली लिएर राहत सहित, क्षणभरमै बगर भएको क्षेत्र मेलम्ची पुगेका छन् l बाढी पहिरो लगायत प्राकृतिक विपत्तिमा जनताको साथमा खटिन निर्देशन दिएका वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा 'दीपशिखा' केन्द्रीय टोली लिएर आफै आज मेलम्ची पुगेका हुन् l वाइसिएल नेपाल केन्द्रीय समितिले बाढि प्रभाबित क्षेत्र ...
गण्डकी प्रदेश मुख्यमन्त्री पोखरेलद्वारा आज बिश्वासको मत लिदै
काठमाडौँ असार ४ l गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलद्वारा आज बिश्वासको मत मागेका छन् l निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिश्वासको मत पाउन नसकेपछि विपक्ष गठबन्धन द्वारा पोखरेलले आफ्नो दाबी पेस गरेका थिए l गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्ति भएका गण्डकी प्रदेश काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल द्वारा आज बिश्वास को मत लिने भएका हुन् l...
बाढ़ी पहिरो पूर्वतयारी नगरी सरकार गैरजिम्मेदार छ (पांच दलको विज्ञप्ति)
काठमाण्डौ असार ३ । यस बर्ष बर्षा याम सुरु भएसँगै विभिन्न ठाउँमा बाढ़ी पहिरो लगायत प्राकृतिक जटिलता आउनु सुरु भइनै सकेको छ । हिजो देखी परेको पानी को कारण देशका बिभिन्न भागमा बाढ़ी-पहिरोले धनजनको क्षति पुर्याउनु थालेको छ । सिंधुपालचौकको मेलाम्ची,बुटवल,चितवन, तनहुँ, मनांग लगायत धेरै भाग मा बर्षा भईरहेको अवस्था छ कतै पहिरो कतै बाढीले मानवीय र भौतिक सम्पति...
देशका बिभिन्न भागमा भिषण बाढीपहिरो
काठमाडौँ- सिन्धुपाल्चोकको हेलम्बु मेलम्चीमा भीषण बाढी र पहिरोले ठाउँ ठाउँमा क्षति पुर्याएको छ । अहिलेसम्म कम्तीमा ५० जना बेपत्ता भएको बताइएको छ l हेलम्बु गाउँपालिकाको तिम्बु, किउल,चनौटे मेलम्ची नगरपालिका अन्तर्गत मेलम्ची बजारमा ठुलो क्षति भएको बताइएको छ l मेलम्ची खानेपानी मुहान,ट्राउट माछा फर्म,पक्की तथा झोलुङ्गे पुल लगाएत सयौं घर तथा भवन समेत बगाएको छ । मंगलबार साँझ आएको बाढीले जिल्लाका कतिपय ठाउँमा...
नेप्से परिसूचक ५२.४१ अंकले गिरवट
काठमाडौँ असार २ l नेपाल धितोपत्र बोर्डले ५१ कम्पनि लगानी गर्न अति जोखिम रहेको भन्दै लिस्ट सहित सार्वजनिक गरेपछि आज बजार ओरालो लागेको छ l हिजो जारी बिज्ञप्तिमा माइक्रोफाइनान्स, हाइड्रोपावर ,फाइनान्स कम्पनी र बीमा कम्पनीमा अत्यधिक जोखिम बढेकोले सतर्क रहन लगानीकर्तालाइ धितोपत्र बोर्डले सचेत गराएको थियो l आज नेप्से दोहोरो अंकले गिरावट आएको छ l नेप्से परिसूचक ५२.४१ अंकले गिरवट...
बिपद ब्यबस्थापनमा जुटन संगठनहरुलाई वाइसिएल नेपाल केन्द्रीय समितिको निर्देशन !
काठमाण्डौ असार २। माओवादी केन्द्रको भातृ संस्था वाइसिएल नेपाल केन्द्रीय समितिको विज्ञप्तिमा मातहत संगठन संरचनाहरुलाई बिपद ब्यबस्थापनमा जुटन वाइसिएल नेपाल केन्द्रीय समितिले निर्देशन दिएको छ । केहिदिन यता देशभर परिरहेको अविरल वर्षा र त्यसले पुर्याएको क्षतिबारे संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । वाईसीयल अध्यक्ष राम प्रसाद सापकोटा ‘दीपशिखा’ र महासचिव सुवोधराज शेर्पाली द्वारा हस्ताक्षरीत जारी विज्ञप्तिमा भनिएको छ "मनाङ्, दाङ,...
खम्बे लगायत हर्के हवलदारको टीमद्वारा राहत वितरण
काठमाण्डौ असार २ । कलाकार इन्द्र दोन्ग लामा खम्बे अर्थात हर्केहल्दार टिमले राहत वितरण अभियान सञ्चालन गरिनै रहेको छ । भोकाहरुको लागी घर-घरमा गएर चामल,दाल,नून लगायत बिभिन्न सामानहरु वितरण गर्दै आएको छ । हिजोमात्र हर्केहल्दार टिमको राहात वितरण कार्यक्रम तारकेश्वर नगरपालिका वडा नं ८ र ९ का कोठामा बसोबास गर्दै आएको २५ घर परिवार दुःखी, पीडित व्यक्तिहरूलाई खाद्यान्न सामग्री वितरण गरिएको...
फ्रान्सले 1-0 गोल अन्तरले जीत हात पार्यो
काठमाण्डौ असार २ । युरोकपको सबैभन्दा महत्व बोकेको खेलमा फ्रान्स विजयी भएको छ । जर्मनीको विरुध्द 1-0 गोल अन्तरले फ्रान्स विजयी भएको हो । आज राति भएको खेलमा फ्रान्सका ९० + ९ मिनेटको पूर्ण समय रहेको खेलमा जर्मनीले गोल निकाल्न सकेन । २० औं मिनेटमा म्याट्स हम्मेल्सको गोलले फ्रान्स खेल जित्न सफल भयो । यसअघि फ्रान्सले २ गोल हाने पनि...
धितोपत्र बोर्डको बजारमा रुलिंग, तोक्यो जोखिमपूर्ण ५१ कम्पनि
काठमाडौँ असार १ l नेपाल धितोपत्र बोर्डले ५१ कम्पनि लगानी गर्न अति जोखिम रहेको भन्दै लिस्ट सहित सार्वजनिक गरेको छ l आज जारी बिज्ञप्तिमा माइक्रोफाइनान्स, हाइड्रोपावर ,फाइनान्स कम्पनी र बीमा कम्पनी अत्यधिक जोखिम बढेकोले जोखिम कम गर्न सार्वजनिक गर्नुपरेको बताएको छ l उक्त कम्पनिहरुमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ को काम भएकोले जोखिम बढेको बताएको छ l अनावश्यक जोखिम कम...












