Home समाचार लेनदेन नमिल्दा हत्यामा संलग्न छ व्यक्ति पक्राउ

लेनदेन नमिल्दा हत्यामा संलग्न छ व्यक्ति पक्राउ

345
0

काठमाडौं ! आर्थिक लेनदेन नमिल्दा व्यक्ति हत्यामा संलग्न छ जना पक्राऊ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
जिल्ला सर्लाही चक्रघट्टा गा.पा. वडा न. ८ स्थायी वतन भई हाल जिल्ला काठमाडौं, गोकर्णेश्वर न.पा. वडा न. ५ बाहुनधारा बस्ने वर्ष १९ को राहुल साह मिति २०८१-१२-१९ गतेदेखि हराएको भनि प्रहरी वृत्त बौद्धमा जानकारी प्राप्त भई खोजतलास गर्ने क्रममा मिति २०८१-१२-१५ गते ऐ. गोकर्णेश्वर न.पा. वडा नं. ८ माकलबारीमा संचालित आर.के. मोटरसाईकल वर्कसपको पछाडी रहेको जमिनमा गाडिएको अवस्थामा निजको शव फेला परेको प्रहरीले जनाएको छ। उक्त घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा लेनदेनको विषयलाई लिई तपसिलमा उल्लेखित व्यक्तिहरुले निजको हत्या गरेको खुल्न आएकोले निजहरुलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप भई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको हो।
पक्राउ परेका व्यक्तिहरूमा :
१. जिल्ला सर्लाही, चक्रघट्टा गा.पा. १ घर भई हाल जिल्ला काठमाडौं, गोकर्णेश्वर न.पा. ५ बाहुनधारा बस्ने वर्ष २२
२. ऐ. वडा नं. ६ बस्ने वर्ष १८ को बिजय यादव,
३. ऐ. बस्ने वर्ष १८ करन कुमार महतो,
४. ऐ. स्थायी घर भई हाल गोकर्णेश्वर न.पा. वडा नं. ५ बस्ने वर्ष २३ को जोधन मण्डल,
५. ऐ. वडा नं. १ बस्ने बर्ष ४५ को उत्तम मण्डल,
६. देश भारत, बिहार घर भई हाल जिल्ला काठमाडौं, ऐ. ७ दक्षिणढोका वस्ने वर्ष २९ को सुनिल शर्मा रहेका छन् ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here