Home अर्थ बजार एनसेलको अन्तर्राष्ट्रिय कलमा नयाँ पल्स दर लागू, १९८ देशमा ६० सेकेन्डको हिसाबले...

एनसेलको अन्तर्राष्ट्रिय कलमा नयाँ पल्स दर लागू, १९८ देशमा ६० सेकेन्डको हिसाबले शुल्क लाग्ने

8
0

काठमाडौं, भदौ २ । एनसेलले मंगलबारदेखि अन्तर्राष्ट्रिय आउटगोइङ कलको पल्स दर परिवर्तन गरेको छ। अब १९८ वटा गन्तव्य मुलुकमा ६० सेकेन्डको नयाँ पल्स दर लागू हुने भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२, २०८३ को स्वीकृतिअनुसार एनसेलले नयाँ पल्स दर कार्यान्वयनमा ल्याएको हो। दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अन्तर्गत प्राधिकरणले यसका लागि स्वीकृति दिएको एनसेलले जनाएको छ।

नयाँ दर अष्ट्रेलिया, अमेरिका, क्यानडा, चीन, भारत, जापान, दक्षिण कोरिया, बेलायत, यूएई, कतार, साउदी अरेबिया, मलेसिया, पाकिस्तान, सिंगापुर, थाइल्यान्ड, जर्मनी, फ्रान्स, इटाली, रुसलगायत १९८ देशका गन्तव्यमा लागू हुनेछ।

एनसेलका अनुसार नयाँ पल्स दर लागू भएका सबै देशको सूची तथा अन्तर्राष्ट्रिय कल र एसएमएसको शुल्क कम्पनीको वेबसाइटमा रहेको ‘International Call and SMS Rates’ खण्डमा हेर्न सकिनेछ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here