भिजिट भिजामा खाड़ी मुलुक जान रोक
काठमाडौं माघ ७ ! कोरोना संक्रमणका कारण भिटिज भिसामा मलेसिया लगायत खाडी मुलुक जान रोक लगाउने गृह मन्त्रालयले निर्णय गरेको छ । बढ्दो कोरोना संक्रमणका कारण विचल्लीमा पर्ने नेपालीको संख्या बढेको गएको भन्दै मन्त्रालयले भिटिज भिसामा भ्रमणमा जान रोक लगाएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए ।
पट्रोलको मुल्य बृद्धि गर्दै राज्य सुत्यो, जनतालाई सास्ती
काठमाण्डौ माघ ७ ! राज्य आफै चरम लापरवाहीमा चलेको पुष्टि भएको छ । जनताको जनजीवन नै प्रभावित हुने गरी मुल्यमा फेरबदल आएको छ । अत्यावश्यक र जनसवालसंग जोडिएको पेट्रोल ,डिजेल को भाउ दैनिक फेरबदल हुनु चरम लापरवाही र योजनाबद्द मुल्य बृद्धि गरेको पुष्टि भएको हो । बिहीबार देखि लागू हुनेगरी पेट्रोल/डिजेल/मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मुल्य बृद्धि भएको छ । यस्तै...
नाम मधेश, राजधानी जनकपुर दुइ तिहाईको साथ पारित
काठमाडौँ माघ ३ ! सोमबार बसेको दोस्रो चरणको प्रदेश सभा बैठकमा मतदान भए संगै प्रदेश सभाको नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतका साथ पारित भएको छ l मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले पक्षमा मत दिएका छन् । जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए । १ सांसद रहेको नेपाल...
नेप्सेमा उच्च कारोबार, लगानीकर्ताको ओइरो
काठमाडौँ माघ ३ ! आइतबार ६९ अंक बढेर २९२६.७४ विन्दुमा बन्द भएको नेप्से, सोमबार दिन सेसनमा २०.६९ अंक बढेर २९४७.४४ विन्दुमा पुगेको छ। यो सेसनमा सेन्सेटिभ इण्डेक्स ५४६.३३ अर्थात् आइतवार को तुलनामा ३.७ अंकले बढेको छ।यस्तै फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१५ अंकले बढेको छ। आजको दिन बजार २०.६९ अंक बढ्दा झन्डै ८ अर्बको शेयर खरिदबिक्री भएको...
बतास समूहसँगको सम्झौता खारेज गर्न सिफारिस
काठमाडौँ माघ ३ ! धर्मशालामा महँगो होटल चलाएको भन्दै आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेम बहादुर आलेको प्रस्तावमा पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले गठन गरेको छानविन समितिले बतास समूहसँगको सम्झौता खारेज गर्न सिफारिस गरेको छ । सरकारी अधिकार प्राप्त निकायको स्वीकृति विना सम्झौता गरेको, वताससँग मात्रै मिल्ने गरी मापदण्ड बनाएर ठेक्का गरेको, सम्झौता विपरीत बेड संख्या...
माओवादीको केन्द्रीय कमिटीमा २०% युवा
काठमाण्डौ पौष १९ ! नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नव निर्वाचित केन्द्रीय सदस्य तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा 'दीपशिखा' ले २०% प्रतिशत युवा केन्द्रीय समिति रहेको नेपालको एकमात्र पार्टी माओवादी केन्द्र रहेको दाबी गरेका छन । नेकपा माओवादी केन्द्रको महाधिबेशनमा अध्यक्ष प्रचण्ड द्वारा घोषणा भए पछी सुराकी खबरसंग कुरा गर्दै केन्द्रीय कमिटी भित्र युवाको बर्चस्व कायम भएको भन्दै दीपशिखाले खुशी...
माओवादीमा २३६ सदस्यीय केन्द्रीय सदस्य निर्वाचित
काठमाण्डौ पौष १८ ! जारी महाधिबेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले २३६ जनाको केन्द्रीय कमिटी घोषणा गरेका छन् । आइतबारको बन्दसत्रमा अध्यक्ष प्रचण्डले सबैजसो क्षेत्रका मिलाएर २३६ जनाको नाम हलमा प्रस्ताव गरेका हुन् । जम्मा केन्द्रीय समिति २९९ मा बाँकीलाई भने केन्द्रीय कमिटीले मनोनीत गर्ने बताईएको छ । हलबाट पारित भए सँगै २३६ सदस्यीय केन्द्रीय सदस्य चुनिएका छन...
प्रचण्डद्वारा २३६ सदस्यीय केन्द्रीय समितिको नाम घोषणा
काठमाण्डौ पौष १८ ! जारी महाधिबेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले २३६ जनाको केन्द्रीय कमिटी घोषणा गरेका छन् । आइतबारको बन्दसत्रमा अध्यक्ष प्रचण्डले सबैजसो क्षेत्रका मिलाएर २३६ जनाको नाम हलमा प्रस्ताव गरेका हुन् । जम्मा केन्द्रीय समिति २९९ मा बाँकीलाई भने केन्द्रीय कमिटीले मनोनीत गर्ने बताईएको छ । हलबाट पारित भएमा २३६ सदस्यीय केन्द्रीय सदस्य चुनिने छन ।
प्रचण्डको प्रतिबध्दता महाधिबेशनमै कायम
काठमाडौं पौष १८ ! नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन स्थल प्रज्ञाप्रतिष्ठानमा आज आठौं दिन नेकपा माओवादी केन्द्रको अध्यक्ष प्रचण्ड र नारायण काजी श्रेष्ठ ले जनताले पकाएको खाना खाएका छन । माओवादी केन्द्रको सम्मेलनबाट कार्यक्रम परिबर्तन भई महाधिबेशन भएर उक्त महाधिवेशनमा प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिबेदनमा बिभिन्न टिका टिप्पणी भइरहेको बेला अहिले कार्यकर्ता संग खानाखाई उदाहरण प्रस्तुत गरेका हुन ।
गगन र विश्व प्रकाशले महामन्त्रीमा ढाड बिसाए
काठमाण्डौ पुस १ ! नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा सभापतिमा शेर बहादुर देउवा बिजयी भए पनि महामन्त्रीमा भने गगन थापा र विश्व प्रकाश शर्माले ढाड बिसाएका छन । युवा पुस्तामा निक्कै लोकप्रिय नेता द्वयलाई नेपाली राजनीतिको एक युगान्तकारी परिवर्तनको जिम्मा नेपाली कांग्रेसजनले दिएका छन । बुढानेताको अभाव नरहेको पार्टीमा युवाले जित्नु सरहानीय छ । भोलिका दिनमा गुण र दोषका...














