Home समाचार पाँच दिने मोबाईल र अनलाईन पत्रकारिता तालिम सञ्चालन

पाँच दिने मोबाईल र अनलाईन पत्रकारिता तालिम सञ्चालन

229
0

काभ्रे ! सञ्चार रजिष्ट्रारको कार्यालय हेटौंडाको आयोजनामा मंगलबार देखि पाँच दिने मोबाइल र अनलाईन पत्रकारिता तालिम शुरू भएको छ ।

मोबाइल पत्रकारिता तालिममा बागमती प्रदेश का २२ जना र अनलाइन पत्रकारिता २० जना पत्रकारहरुको सहभागिता रहेको छ। सहभागी मध्ये १२ जना महिला र २० जना पुरुष पत्रकार रहेका छन् । मोबाइल पत्रकारितामा सहभागीहरुलाई प्रशिक्षक तथा  वरिष्ठ फोटो पत्रकार विकास कार्की र पत्रकार रामु सापकोटा तथा अनलाइन पत्रकारिता तालिमका लागि प्रशिक्षक उमेश श्रेष्ठ र प्रवेश सुवेदीले प्रशिक्षण दिनुहुने भएको छ ।

विगत ४ वर्ष देखि नै विभिन्न किसिमको तालिम दिँदै आएको सञ्चार रजिष्ट्रारको कार्यालयले चालू आर्थिक वर्षमा तथ्याङ्क पत्रकारिता, चलचित्र पटकथा लेखन, अनलाइन तथा मोबाइल पत्रकारिता, रेडियो प्राविधिक ,चलचित्र पत्रकारिता लगायतका तालिम सम्पन्न गरीसकेको सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले जानकारी दिनुभयो। हाल सञ्चालित तालिम लिएपछि अनलाइन र मोबाईलको प्रयोग द्वारा पत्रकारिता सिक्ने अवसर प्राप्त हुने रजिष्ट्रार सापकोटाले जानकारी दिनुभयो ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here