काठमाडौँ जेठ २१ ! माधवकुमार नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीमा फुटको झस्को पसेको छ l सत्ता पक्षीय हुने या बिपक्षी हुने भन्ने दोधारमा रहेको जस्तो देखिने गरि गरेको दौडधुप देख्दा फुट्ने आशंका देखिएको हो l
पार्टी सम्मानित नेता झलनाथ खनालले पनि चुनौति दिदैछन् l जतिबेला पनि सत्ताबाट आफू बाहिरीन सक्ने अभिव्यक्ति मात्रै दिदैनन्, त्यस्तै गतिविधि पनि देखाउँछन् । माधव नेपाल प्रधानमन्त्री र ओलीसँग तर्सिनुमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फुट्नुलाई पनि लिन सकिन्छ ।
जसपा नेपाल फुटाउनुमा प्रचण्ड र ओलीको मुख्य हात रहेको नेपालको बुझाई छ । उनी आफ्नो पार्टी पनि प्रचण्ड र ओलीले जुनसुकै बेला फुटाइदिन सक्छन् भनेर पनि ओलीको पेलान सहेर गठबन्धनभित्रै बसिरहेका हुन् । त्यसैले पनि सत्ता पक्षसँगै विपक्षी मोर्चासँगको सामिप्य कायम राखिरहन बाध्य छन् ।
पार्टीकै एक कार्यक्रममा आइतवार खनालले अबको नेत्तृत्व सहमतिबाट चयन हुने भन्दै नेत्तृत्वमा जाने इच्छा देखाइसकेका छन् । त्यसैले पनि नेपाललाई पार्टीबाहिर मात्रै होइन, पार्टी भित्रै पनि अप्ठ्यारो अवस्था बनेको छ।