काठमाडौं ! नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १७.१८ अङ्कले घटेर २२४०.४१ अङ्कमा रोकिएको हो ।
नयाँ अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेकै दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक नकारात्मक भए सँगै पछिल्लो समय बजार बढ्ने आंकलन गरिएको भए पनि घटेको हो ।