नेपाल पत्रकार महासंघ ललितपुर शाखाको कोषाध्यक्षमा सुरकीखबर डट कमका सम्पादक कृष्ण पौडेल विजयी

मुख्य समाचार

काठमाडौं ! नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ ललितपुर शाखाको कोषाध्यक्षमा पत्रकार तथा सुरकीखबर डट कमका सम्पादक कृष्ण पौडेल भारी मतान्तरले विजयी भएका छन् ।

२८ मङ्सिरमा भएको महासंघको निर्वाचनमा उनले कोषाध्यक्षमा २०८ मत सहित बिजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी अर्चना झा ले ९० मत प्राप्त गरेकी छन् ।

विगत ८ वर्षदेखि व्यावसायिक पत्रकारिता गर्दै आएका पौडेल प्रेस सेन्टर नेपालमा कोषाध्यक्ष छन्। नेपाल पत्रकार महासंघ ललितपुरका वर्तमान सदस्य थिए।

पौडेल अध्यक्ष रामहरी कार्की प्यानलबाट फराकिलो मतान्तरले विजयी भएका हुन् । यसै गरी उपाध्यक्षमा श्याम तण्डुकार, महिला उपाध्यक्षमा केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिव समावेशीमा नारायण लिङ्खा देवान, लगायत छन् । सदस्यहरूमा अनिल श्रेष्ठ, शिवहरि घिमिरे, कुशल बोगटी, पासाङ घिसिङ, विसु गुरुङ, रामप्रसाद ढकाल, केवश घिमिरे, शिशिरकुमार लामा निर्वाचित भई भारी मत अन्तरले विजयी हासिल गरेका छन् ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

84 − = 76