काठमाडौं । स्पीकर नेपालको दोस्रो सिजनको अडिशन राउण्ड भईरहको छ । दोस्रो सिजनको अडिसन राउण्ड मंसिर महिनाबाट ललितपुरमा अवस्थित अनल ज्योति इङलिस स्कुलबाट शुरु भएको हो ।
हालसम्ममा ललितपुर नख्खुमा अवस्थित श्रीकुल स्कुल, चाबहिल स्थित सेन्ट लरेन्स स्कुल र ललितपुर हात्तिवनमा अवस्थित लिट्टिल एञ्जल्स स्कुलमा अडिसन राउण्ड भईसकेको छ । आगामी माघ ७ गते सोमवारका दिन काठमाण्डौं सामाखुशीमा अवस्थित तक्षशिला कलेजमा स्पीकर नेपालको अडिसन राउण्ड हुने भएको छ । यस तक्षशिला कलेजमा नार्गजुन नगरपालिका, तारकेश्वर नगरपालिका र टोखा नगरपालिकामा अवस्थित विद्यालयहरुलाई लक्षित गरिएको छ ।
यसैगरी काठमाण्डौं कोटेश्वरमा अवस्थित हिमालयन कलेज, भक्तपुरको विनायक शिक्षा निकेतन, मदर ल्याण्ड स्कुलमा समेत अडिसन राउण्ड हुने भएको छ । गत वर्षबाट सञ्चालनमा आएको स्पीकर नेपालले विद्यार्थीहरुको आत्मविश्वास बढाउनुको साथै बोल्ने शैलीको सीप बिकास गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको हो । यो कार्यक्रमको उच्च गतिले ब्राण्डिङ बनाउनको लागि केहि वर्ष लाग्ने महशुस गरेका छौं । यो वर्ष स्पीकर नेपालको अडिसन राउण्डमा करीव ५०० सय जनाको सहभाागी गराईनेछ । दोस्रो सेलेक्सन २०० जना पुग्नेछन् । फाइनलमा २५ जना बाट दोस्रो सिजनको स्पीकर नेपाल छानिनेछ । यस वर्ष स्पीकर नेपालले २५ हजार नगद राशी, फष्ट रनर अपले १५ हजार नगद राशी र सेकेण्ड रनरअपले १० हजार नगर राशी प्राप्त गर्नेछन् ।
शिक्षालय राष्ट्रिय मासिक पत्रिकाको आयोजना तथा पानोरमा अनलाईन टेलिभिजनको प्रस्तुतिमा सञ्चालन गरिएको स्पीकर नेपालको प्रायोजक आलिसान फर्निचर वल्ड र सहकार्य डल्फिन एजुकेशन रहेको छ । विद्यार्थीहरुको प्रस्तुती पानोरमा टेलिभिजनको अफिसियल युट्यूब च्यानलमा हेर्न सकिन्छ ।