कञ्चनपुर ! नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारको संरक्षक भएको आरोप लगाउँदै आफ्नो सरकार आएपछि गिरिबन्धु, यती ओम्नी र वाइडबडीमा भएको भ्रष्टाचारको फाइल खोल्ने बताएका छन्। कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले यो सरकारले भ्रष्टाचारको पक्षमा काम गरेको बताएका हुन् ।
उनले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताए । माओबादीको पक्षमा जनमत निर्माण आफूहरू भ्रष्टहरुलाई खारेज गर्दै सुशासन र आर्थिक विकासमा आफूहरुको ध्यान गएको उल्लेख गरे । पहिले भ्रष्टाचारीहरुको साथमा लाग्दा हामी पनि उस्तै उस्तै देखिएको अब त्यसो नहुने बताए।
कमेन्ट:
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1