Home अर्थ बजार अमुदी फुड्सले २० करोड बराबरको आईपीओ निष्कासन गर्ने

अमुदी फुड्सले २० करोड बराबरको आईपीओ निष्कासन गर्ने

775
0

काठमाडौं साउन २६ ! चितवनको भरतपुर महानगरपालिका–१२, गोन्द्राङस्थित अमुदी फुड्स लिमिटेडले २० करोड रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले अंकित मूल्य (प्रति सेयर १०० रुपैयाँ)मा २० लाख कित्ता आईपीओ ल्याउन लागेको हो।

सोमबार आयोजित कार्यक्रममा अमुदी फुड्स र ग्लोबल आइएमई क्यापिटलबीच आईपीओ निष्कासनसम्बन्धी सम्झौता सम्पन्न भएको हो। सम्झौतापत्रमा अमुदी फुड्सका अध्यक्ष अच्युत बस्नेत र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले हस्ताक्षर गरे।

विभिन्न क्षेत्रमा अनुभव प्राप्त प्रतिष्ठित व्यवसायी, उद्योगी, शिक्षाविद् तथा ख्यातिप्राप्त व्यक्तिहरूको लगानी रहेको अमुदी फुड्सले ‘यू एन्ड मी’ ब्रान्डअन्तर्गत स्न्याक्स उत्पादन गर्दै आएको छ। एक दर्जनभन्दा बढी किसिमका स्न्याक्स उत्पादन गर्दै आएको कम्पनीले अब रणनीतिक रूपमा नुडल्स उत्पादन सुरु गर्न लागेको छ।

कम्पनीको लक्ष्य स्वदेश तथा विदेशमा नेपाली स्वादको पहुँच विस्तार गर्ने, रोजगारी सिर्जना गर्ने र अन्तर्राष्ट्रिय बजारमा ‘यू एन्ड मी’लाई प्रतिस्पर्धी ब्रान्डको रूपमा स्थापित गर्ने रहेको छ। उत्पादन क्षमता विस्तारसँगै नुडल्स बजारमा पनि आफ्नो उपस्थिति मजबुत बनाउने योजना अमुदी फुड्सले जनाएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here