Home अर्थ बजार पियोर इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न : १ लाख १९ हजार मात्र भाग्यमानी

पियोर इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न : १ लाख १९ हजार मात्र भाग्यमानी

471
0

काठमाडौं वैशाख ११! पियोर इनर्जी लिमिटेडको प्राथमिक सेयर (IPO) बाँडफाँड आज बिहान नबिल इन्भेस्टमेन्ट बैंकिङको व्यवस्थापनमा सम्पन्न भएको छ।

कम्पनीले फागुन २ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ११ लाख ९५ हजार २ सय कित्ता सेयर निष्काशनमा ल्याएको थियो, जसको कुल मूल्य ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबर रहेको छ।

आईपीओमा लगानीकर्ताको अत्यधिक चासो देखिएको छ। नबिल इन्भेस्टमेन्ट बैंकिङका अनुसार, कुल १९ लाख ३६ हजार ५३ जनाले २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन दिएका थिए, जुन मागभन्दा १९.२८ गुणा बढी हो।

बाँडफाँड लटरी प्रणाली (शेलिङ मेथड) अनुसार गरिएको हो। यसअनुसार जम्मा १ लाख १९ हजार ५२० जना भाग्यमानी लगानीकर्ताले मात्रै सेयर पाएका छन्। बाँकी अधिकांश आवेदकहरू यसपटक पनि खाली हात परेका छन्।

कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘CARE NP Double B Issuer Rating’ प्रदान गरेको छ, जसले मध्यम जोखिम श्रेणीमा राखिएको संकेत गर्दछ।

#pureenergy #ipoallotment #NabilInvestment #Nepse #शेयरबजार

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here