Home राजनीति तनहुँ कांग्रेसमा बढ्यो सरगर्मी, महाधिवेशन प्रतिनिधिमा धर्म दत्त अर्यालको उम्मेदवारी तयारी

तनहुँ कांग्रेसमा बढ्यो सरगर्मी, महाधिवेशन प्रतिनिधिमा धर्म दत्त अर्यालको उम्मेदवारी तयारी

382
0

दुई दशकभन्दा लामो संगठनात्मक यात्रा, सामाजिक सेवामा सक्रियता र क्षेत्रीय मुद्दामा पहललाई आधार बनाउँदै मैदानमा उत्रिने तयारी

तनहुँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा तनहुँ क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधि चयनलाई लिएर राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। यही क्रममा लामो समयदेखि कांग्रेसको संगठनात्मक गतिविधिमा सक्रिय धर्म दत्त अर्यालले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने तयारी अघि बढाएका छन् ।

विद्यार्थी राजनीतिबाट पार्टी संगठनमा प्रवेश गरेका अर्यालले वि.सं. २०६४ देखि राजनीतिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। वि.सं. २०६५ देखि नेपाली कांग्रेसको क्रियाशील सदस्य लिएका उनले पार्टीका विभिन्न संगठनात्मक जिम्मेवारी सम्हाल्नुका साथै १३औँ र १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिका रूपमा समेत सहभागिता जनाइसकेका हुन् ।

विद्यार्थी राजनीतिबाट पार्टी संगठनसम्म

अर्यालको राजनीतिक सक्रियता सरस्वती क्याम्पसबाट नेपाल विद्यार्थी संघको कार्यकर्ताका रूपमा सुरु भएको हो। विद्यार्थी राजनीतिसँगै कांग्रेसको संगठनमा जोडिएका उनले नेविसंघ तनहुँ–काठमाडौं सम्पर्क समितिको सहसचिवको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो।

हाल कांग्रेस तनहुँ–काठमाडौं सम्पर्क समितिमा सक्रिय रहेका अर्यालले संगठन विस्तार, कार्यकर्ता समन्वय तथा जिल्लासँग सम्बन्धित विषयमा निरन्तर सक्रियता देखाउँदै आएको बताइन्छ।

व्यवस्थापन तथा राजनीतिशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका अर्यालले पार्टीभित्र नीतिगत बहस र वैचारिक पक्षलाई समेत प्राथमिकता दिँदै आएको बताइएको छ।

ढोर क्षेत्रका मुद्दामा सक्रियता

राजनीतिसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय अर्याल ‘ढोरेली सेवा समाज’मार्फत विभिन्न सामाजिक गतिविधिमा संलग्न रहँदै आएको छन्।

ढोर क्षेत्रबाट काठमाडौं उपचारका लागि आउने बिरामीलाई अस्पताल तथा स्वास्थ्य संस्थासँग समन्वय गर्ने, उपचार प्रक्रियामा सहजीकरण गर्ने तथा आवश्यक सहयोग जुटाउने कार्यमा उनले भूमिका निर्वाह गर्दै आएका छन् ।

त्यस्तै, ढोर क्षेत्रको विकास तथा धार्मिक–सांस्कृतिक सम्पदाको प्रवर्द्धनका लागि समेत पहल गर्ने गरेका छन् । विशेषगरी ढोर बाराही क्षेत्रको विकासका लागि केन्द्र सरकारसँग योजना तथा बजेटका विषयमा समन्वय गरेको र तत्कालीन पर्यटन मन्त्रीलाई स्थलगत अवलोकनका लागि क्षेत्र भ्रमण गराउन पहल गरेको उनको दाबी छ। तर राजनीतिक परिस्थितिमा आएको परिवर्तनका कारण उक्त बजेट कार्यान्वयन हुन नसकेको उनले बताए l

महाधिवेशन प्रतिनिधिका लागि नयाँ राजनीतिक समीकरण?

क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अघि बढ्दै गर्दा विभिन्न आकांक्षीहरूबीच आन्तरिक प्रतिस्पर्धा बढ्ने देखिएको छ। यही अवस्थामा अर्यालको उम्मेदवारी तयारीले पनि कांग्रेसको स्थानीय राजनीतिमा थप चर्चा पाएको छ।

अर्यालले आफ्नो उम्मेदवारीलाई लामो संगठनात्मक अनुभव, पार्टीप्रतिको निरन्तर सक्रियता तथा सामाजिक क्षेत्रमा गरेको कामसँग जोडेर अघि बढाउने तयारी गरेको बताएका छन्।

महाधिवेशन प्रतिनिधि चयनका क्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ताले उम्मेदवारहरूको संगठनात्मक भूमिका, वैचारिक धारणा, सामाजिक सक्रियता र क्षेत्रीय मुद्दाप्रतिको प्रतिबद्धतालाई कसरी मूल्यांकन गर्छन् भन्ने विषयले आगामी कांग्रेस राजनीतिमा महत्व राख्ने देखिन्छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here