Home समाचार नेपाल प्रहरी प्रमुख थापा र अमेरिकी राजदूत डिन आर. थोम्पसन बिच शिष्टाचार...

नेपाल प्रहरी प्रमुख थापा र अमेरिकी राजदूत डिन आर. थोम्पसन बिच शिष्टाचार भेटवार्ता सम्पन्न

361
0

काठमाडौं वैशाख २६ । नेपाल प्रहरीका महानिरीक्षक दिपक कुमार थापा र संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थोम्पसन (Dean R. Thompson) बीच आज शिष्टाचार भेटघाट सम्पन्न भएको छ। यस भेटवार्तामा दुवै पक्षबीच सुरक्षा, आपराधिक न्याय तथा द्विपक्षीय सहयोगका विषयमा छलफल भएको प्रहरी प्रमुख कार्यालयले जनाएको छ।

भेटवार्ताका क्रममा, प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरीले सुरक्षा, मानवअधिकार र कानूनको शासन कायम गर्न गरेका प्रयासहरूबारे जानकारी दिए। उनले नेपाल र अमेरिकाबीच सुरक्षा क्षेत्रमा गहिरो सहकार्य रहेको बताउँदै यसलाई अझ बढाउने आवश्यकतामा जोड दिए।

यसैगरी, अमेरिकी राजदूत थोम्पसनले नेपाल प्रहरीको प्रयासलाई सराहना गर्दै अमेरिकाले सुरक्षा, प्रहरी प्रशिक्षण र प्रविधि क्षेत्रमा नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता दोहोर्याए। उनले दुवै देशबीचको साझेदारी अझ प्रभावकारी बनाउने आशा पनि व्यक्त गरे।

यो भेटघाटले नेपाल र अमेरिकाबीच सुरक्षा तथा कानून व्यवस्था क्षेत्रमा सहकार्य बढाउने अपेक्षा गरिएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here