Home अन्तर्राष्ट्रिय अमेरिकी आप्रवासी नीतिमा कडाइ, नेपालीहरूका लागि सामाजिक सहुलियत जोखिममा

अमेरिकी आप्रवासी नीतिमा कडाइ, नेपालीहरूका लागि सामाजिक सहुलियत जोखिममा

195
0

काठमाडौँ माघ १६ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासी नीतिमा थप कडाइ गरेसँगै अमेरिकामा बसोबास गरिरहेका नेपालीहरूले सरकारबाट पाउँदै आएका विभिन्न सामाजिक सहुलियतहरू गुमाउने जोखिम बढेको छ।

वासिङ्टन डिसीस्थित नेपाली दूतावासका अनुसार ट्रम्प प्रशासनले स्वास्थ्य सेवा, सरकारी आवास, शिक्षा तथा पारिवारिक सहायता लगायतका क्षेत्रमा विदेशी नागरिकलाई दिँदै आएको सुविधा सीमित गर्ने निर्णय गरेको हो। नयाँ व्यवस्था उल्लङ्घन गरी सरकारी सहुलियत लिएको पाइएमा सम्बन्धित व्यक्तिको भिसा तथा ग्रिनकार्डसमेत रद्द हुन सक्ने जोखिम रहेको दूतावासले चेतावनी दिएको छ।

दूतावासका अनुसार सहुलियतपूर्ण स्वास्थ्य सेवा, सरकारी आवास, सामाजिक सुरक्षा तथा शैक्षिक सहायता अब विदेशी नागरिकका लागि उपलब्ध नहुने भएका छन्। साथै, हालका लागि आप्रवासी भिसा प्रक्रिया पनि रोकिएको जनाइएको छ, जसको प्रत्यक्ष प्रभाव अध्ययन, भ्रमण, रोजगारी तथा व्यवसायका लागि अमेरिका पुगेका वा जान चाहने नेपालीहरूमा पर्ने देखिएको छ।

नेपाली दूतावासले गलत विवरण पेश गरी सरकारी सहायता लिने कार्यबाट टाढा रहन आग्रह गर्दै विशेषगरी B1/B2 भिसामा अमेरिका जानेहरूलाई भिसाको दुरुपयोग नगर्न स्पष्ट चेतावनी दिएको छ।

पछिल्लो नीति परिवर्तनले अमेरिकामा रहेका तथा भविष्यमा जान चाहने नेपाली नागरिकहरूका लागि कानुनी चुनौती थपिने संकेत देखिएको दूतावासको भनाइ छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here