काठमाडौं माघ १७ – सुदूरपश्चिम यात्राका क्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा लेखेको क्याप्सन— “सुदूर अब दुर नाई, झिक्कै झिक्कै माया तम्लाई”—यतिबेला डिजिटल दुनियाँमा चर्चाको केन्द्र बनेको छ। उक्त क्याप्सन सार्वजनिक भएपछि सुदूरपश्चिमसँग जोडिएका गीत, फोटो र भिडियो सामग्रीहरू तीव्र रूपमा बढेका छन्।
विशेषगरी AI प्रविधिबाट तयार पारिएका गीतहरूमा सोही बोल प्रयोग गर्दै प्रयोगकर्ताहरूले आफ्नो सुदूरपश्चिम यात्राका दृश्य, संस्कृति र प्राकृतिक सौन्दर्य झल्काउने फोटो–भिडियो पोस्ट गर्न थालेका छन्। यसले सुदूरपश्चिमको पहिचान, भाषा र भावनात्मक सम्बन्धलाई नयाँ ढंगले प्रवर्द्धन गरेको देखिन्छ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका अनुसार बालेन शाहको एक सानो क्याप्सनले सुदूरपश्चिमप्रति चासो बढाएको छ भने युवापुस्तामा रचनात्मकता र डिजिटल अभिव्यक्तिको नयाँ लहरसमेत सिर्जना भएको छ।










