Home मुख्य रास्वपाका डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध चयन

रास्वपाका डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध चयन

110
0

भरत न्यौपाने

काठमाडौं, — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध चयन भएका छन्। संघीय संसद् सचिवालयका अनुसार निर्धारित समयभित्र अर्यालबाहेक अरू कसैको उम्मेदवारी नपरेकाले उनी स्वतः निर्वाचित भएका हुन्।

शुक्रबार सिंहदरबारस्थित संसद् सचिवालयमा उनले उम्मेदवारी दर्ता गरेका थिए। उनको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने रहेका थिए भने अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कानुनमन्त्री सोविता गौतमले समर्थन गरेका थिए। अन्य दलबाट उम्मेदवारी नआएपछि उनी सर्वसम्मत रूपमा चयन भएका हुन्।

अर्याल रास्वपाबाट सभामुख बन्ने पहिलो नेता बनेका छन्। यसअघि उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। उम्मेदवारीपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले संविधान र कानुनअनुसार निष्पक्ष ढंगले सदन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनको निर्वाचित भएको औपचारिक घोषणा आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा गरिनेछ। बालेन शाह नेतृत्वमा सरकार गठन भएपछि रिक्त रहेको सभामुख पदमा अर्यालको आगमनलाई संसदीय राजनीतिमा महत्त्वपूर्ण विकासका रूपमा हेरिएको छ।

यसअघि सभामुख देवराज घिमिरेको कार्यकाल समाप्त भएसँगै अब प्रतिनिधिसभाको नेतृत्व अर्यालले सम्हाल्नेछन्।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here