मकवानपुरमा १,७७० ट्रामाडोल क्याप्सुलसहित तीन जना पक्राउ
मकवानपुर, हेटौंडा – लागूऔषध नियन्त्रण अभियानअन्तर्गत मकवानपुर प्रहरीले ठूलो मात्रामा ट्रामाडोल बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले हेटौंडा औद्योगिक क्षेत्रको पानीट्यांकी नजिकै गस्ती गर्ने क्रममा ना. ३८ प ३१८५ नम्बरको मोटरसाइकल र ना. २१ प १७१ नम्बरको स्कुटर रोकेर जाँच गर्दा १,७७० क्याप्सुल ट्रामाडोल फेला पारेको हो। पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका–१५ शिखरपानीका २४ वर्षीय महेश...
रुपन्देही ३ को उपनिर्वाचन: रास्वपाबाट सागर ढकालको चर्चा
काठमाडौं असार १९ ! आगामी कात्तिक १७ गते हुने रुपन्देही–३ को प्रतिनिधिसभा उपनिर्वाचनको तयारी तीव्र हुँदै गएको छ। प्रमुख दलहरू उम्मेदवार चयन तथा प्रचारमा जुटिरहेका बेला प्रतिस्पर्धा चर्किन थालेको देखिन्छ। नेकपा (एमाले) ले पूर्व सांसद एवं संविधानविद् खिमलाल भट्टराईलाई उम्मेदवार बनाइसकेको छ। भट्टराई संविधान सभाको सदस्य तथा राष्ट्रिय सभाको सदस्यका रूपमा सक्रिय रहँदै आएका छन्। यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट...
अमेरिकामा कर कटौती प्रस्तावमा मतदान हुने
एजेन्सी असार १९ ! अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले प्रतिनिधिसभामा ऐतिहासिक कर कटौती सम्बन्धी प्रस्तावमाथि मतदान हुने सम्भावना रहेको संकेत गरेका छन्। सामाजिक सञ्जालमार्फत साझा गरिएको सन्देशमा उनले रिपब्लिकन पार्टीभित्र एकता कायम भएको र यो कदम राष्ट्रको समृद्धिका लागि आवश्यक भएको उल्लेख गरेका छन्। ट्रम्पले भनेका छन्, "प्रतिनिधिसभा आज राति मतदानका लागि तयार देखिन्छ। हामीले दिनभर उत्कृष्ट छलफल गर्यौं र रिपब्लिकन...
एएफसी महिला एसियन कप छनोटमा नेपालद्वारा श्रीलंकामाथि ८–० को ऐतिहासिक जित
काठमाडौं असार १९ ! एएफसी महिला एसियन कप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० गोलले पराजित गर्दै शानदार जित हासिल गरेको छ। नेपालको यो जित ऐतिहासिक मात्र होइन, बलियो टोलीको परिचायक पनि बनेको छ। खेलभरि आक्रामक प्रदर्शन गरेका नेपाली खेलाडीहरूले श्रीलंकालाई कुनै पनि मौका नदिँदै क्लीनसिट जित दर्ता गरेका हुन्। यो जितसँगै नेपाल समूह चरणको शीर्ष स्थानमा उक्लिएको छ र...
२५ करोड वर्ष पुरानो प्रकाशले देखायो रहस्यमय आकाशगंगा UGC 11397 को कालो प्वाल
एजेन्सी असार १९ ! नासा/ईएसएको हबल स्पेस टेलिस्कोपले लायरा (वीणा) नक्षत्रमा अवस्थित सर्पिल आकाशगंगा UGC 11397 को एक अद्भुत दृश्य कैद गरेको छ, जसको प्रकाश टेलिस्कोपसम्म पुग्न झण्डै २५ करोड वर्ष लागेको थियो। पहिलो नजरमा सामान्य जस्तो देखिने यो आकाशगंगाले वैज्ञानिकहरूको ध्यान खिच्नुको मुख्य कारण यसको केन्द्रमा रहेको विशाल कालो प्वाल हो। UGC 11397 को मुटुमा रहेको कालो प्वाल सूर्यको...
काठमाडौं महानगरभित्र अध्ययन गर्न चाहने SEE उत्तीर्ण विद्यार्थीका लागि छात्रवृत्ति अवसर, अनलाइन आवेदन खुल्यो
काठमाडौं, असार १८ ! काठमाडौं महानगरपालिकाले एसईई (SEE) परीक्षा उत्तीर्ण गरी काठमाडौं महानगरभित्र अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको आवेदन खुला गरेको छ। इच्छुक विद्यार्थीहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। महत्वपूर्ण मिति र विवरण: आवेदन खुल्ने मिति: २०८२ असार १८ गतेदेखि आवेदन बन्द हुने मिति: २०८२ असार २७ गते, राति ११:४५ बजेसम्म छात्रवृत्ति परीक्षा मिति: २०८२ साउन ३ गते, बिहान ८:०० बजे देखि...
पासाङ ल्हामु राजमार्गमा चार ठाउँमा पहिरो, यातायात पूर्ण रूपमा ठप्प
रसुवा असार १८ ! लगातारको वर्षासँगै गोसाइँकुण्ड गाउँपालिका–२ अन्तर्गत तातोपानी डाँडा, बालुवाखानी, फ्याङलुङ र लिङलिङ क्षेत्रमा खसेको पहिरोका कारण पासाङ ल्हामु राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ। फ्याङलुङ र लिङलिङमा खसेको पहिरो हटाउने प्रयास स्याफ्रुबेंशीबाट खटिएको प्रहरी टोलीले गरिरहेको छ। प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर थापाको नेतृत्वमा टोली घटनास्थलमा पुगेर सडक खुलाउने कार्यमा खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यस्तै, तातोपानी डाँडा र...
पिच गरेको एक महिनामै सडक भत्कियो, उपाध्यक्ष र वडाध्यक्षको नेतृत्वमा अनुगमन
नुवाकोट असार १६ ! तारकेश्वर गाउँपालिकामा हालै पिच गरिएको सडक (खड्गभन्ज्याङ -मजुवा ) भर्खरै एक महिनामै भत्किन थालेपछि जनस्तरबाट गम्भिर लापरबाही भएको आवाज उठेको छ। समस्या गम्भीर भएपछि गाउँपालिका उपाध्यक्ष हरीप्रसाद रिमाल, वडा अध्यक्ष नारायणप्रसाद रिमाल, प्राविधिक टोली र उपभोक्ता समितिको संयुक्त टोलीले सडकको अनुगमन थालेका छन्। अनुगमनका क्रममा अधिकांश स्थानमा पिच उक्लिएको, सडकको गुणस्तरमा लापरवाही भएको देखिएको छ। नागरिकको गुनासोपछि...
सुमिरे टुर्स एण्ड ट्राभल्सको बिरुद्द प्रधानमन्त्री कार्यालयमा उजूरी
काठमाडौं असार १६। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्याल सञ्चालक रहेको सुमिरे टुर्स एण्ड ट्राभल्सको गतिविधिमाथि प्रश्न उठ्दैछ। कम्पनीले अनुचित गतिविधि गरेको आशंकामा प्रधानमन्त्री कार्यालयमा औपचारिक उजुरी दर्ता भएको पुष्टि भएको छ। उजुरीमा सुमिरे टुर्स एण्ड ट्राभल्सले नियमविपरीत आप्रवासन, श्रम स्वीकृति तथा पर्यटक सम्बन्धी गतिविधि संचालन गरिरहेको दाबी गरिएको छ। उजुरीकर्ताले ट्राभल्सको सञ्चालक समिति, आर्थिक कारोबार र सेवा...
भारतमा मूल्यवृद्धिसँगै नेपालमा पनि इन्धन महँगियो
काठमाडौं असार १६ ! भारतमा इन्धन आयात मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले मंगलबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरेको छ। पेट्रोल, डिजेल, मट्टीतेल तथा हवाई इन्धनको मूल्यवृद्धि भएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरी काठमाडौं, पोखरा र दिपायलमा १६५ रुपैयाँ निर्धारण गरिएको छ। डिजेल र मट्टीतेलको मूल्य चार रुपैयाँले बढाएर...














