कुलमान घिसिङको बर्खास्तीप्रति प्रचण्डको आपत्ति: “सरकारको कदम गलत र आपत्तिजनक”
काठमाडौं! देशभर चरम लोडसेडिङको समस्या समाधानका लागि तत्कालीन प्रचण्ड सरकारले ऊर्जा विज्ञका रूपमा कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। सरकारको स्पष्ट योजना र घिसिङको दक्षता तथा नेतृत्वका कारण देशभरको लोडसेडिङ अन्त्य भई "उज्यालो नेपाल" निर्माण सफल भएको जनमानसमा व्यापक रूपमा परिचित छ। तर, प्राधिकरणको बाँकी बक्यौता असुलीका विषयमा उहाँले अपनाएको कडा नीति र पारदर्शी कार्यशैलीका कारण...
काठमाडौं महानगरका सफाई कर्मचारीले तीन महिनादेखि तलब नपाएको विषयमा मेयर बालेन शाहको कडा प्रतिक्रिया
काठमाडौं ! काठमाडौं महानगरपालिकाका सफाई कर्मचारीहरूले गत तीन महिनादेखि तलब नपाएको विषयमा मेयर बालेन शाहले सरकारप्रति कडा आक्रोश व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले चेतावनीपूर्ण शैलीमा भनेका छन्, "सरकारको दम्भका कारण हाम्रो कर्मचारीहरूले तीन महिनादेखि तलब पाएका छैनन्। अबको एक हप्ताभित्र तलब उपलब्ध नगराइए गम्भीर कदम चाल्न बाध्य हुनेछौँ।" उनले थप चेतावनी दिँदै भनेका छन्, "को–कोले के–के...
त्रि विका ६२ आंगिक क्याम्पसमध्ये ४२ मा स्ववियु चुनाव सम्पन्न, बाँकीमा विवाद
काठमाडौं ! त्रि वि (त्रिभुवन विश्वविद्यालय) का ६२ वटा आंगिक क्याम्पस मध्ये ४२ वटामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव सम्पन्न भएको छ। ५ गते ३८ क्याम्पसमा र त्यसपछि ४ वटा क्याम्पस गरी कुल ४२ आङ्गिक क्याम्पसमा चुनाव सम्पन्न भएको त्री विले जनाएको हो। हालसम्म २५० भन्दा बढी सम्बन्धनप्राप्त क्याम्पसहरूमा पनि स्ववियु चुनाव सम्पन्न भइसकेका छन्। पोखराको पृथ्वीनारायण क्याम्पसको मतगणना भने...
पुर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपा सभापति बन्न कांग्रेस सभापती देउवाको सुझाव
काठमाडौं ! नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी सभापति बनाउने सुझाव दिएका छन्। बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै देउवाले पूर्वराजालाई संवैधानिक राजा हुन लायक व्यक्ति नभएको टिप्पणी गर्दै राप्रपालाई व्यंग्यात्मक रूपमा पार्टी सभापति बनाउन सुझाएका हुन्। उनले पूर्वराजा ज्ञानेन्द्रलाई संवैधानिक राजा बन्न नसक्ने उल्लेख गर्दै राप्रपाले उनलाई साथ दिएमा अन्ततः...
आईपीएल २०२५ : आरसीबीद्वारा केकेआरलाई ७ विकेटले पराजित
कोलकाता ! रोयल च्यालेन्जर्स बेंगलोर (RCB) ले कोलकाता नाइट राइडर्स (KKR) लाई ७ विकेटले पराजित गर्दै आईपीएल २०२५ को उद्घाटन खेलमा शानदार जित निकालेको छ। ईडन गार्डेन्समा टस जितेर बलिङ रोजेको आरसीबीले केकेआरलाई १७४/८ रनमा सीमित गर्यो। कृणाल पाण्ड्याले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने जोश हेजलउड ले २ विकेट झारे। केकेआर कप्तान अजिंक्य रहाणेले अर्धशतक प्रहार गरे पनि मध्यमक्रमको धराशयी प्रदर्शनका कारण टोलीले ठूलो स्कोर...
आईपीएल २०२५ को रोमाञ्चक सुरुआत: पहिलो खेलमा कोलकत्ता र बैंगलोर भिड्ने
काठमाडौं ! इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औं संस्करण शनिबार रातिदेखि सुरु हुँदै छ। उद्घाटन समारोहमा विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू भइरहेका छन्। प्रतियोगिताको पहिलो खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ, जहाँ कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोर आमनेसामने हुनेछन्। नेपाल समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। दुबै टोलीलाई उपाधिका प्रमुख दाबेदारका रूपमा हेरिएको छ। यस सिजनमा पनि...
ओलीका दाता मीनबहादुर नै भेप तस्कर भएको सांसदहरूको आरोप
काठमाडौं । नेपालका केही सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख दाता मीनबहादुर गुरुङलाई तस्कर र आपराधिक गतिविधिमा संलग्न भएको आरोप लगाएका छन्। सांसदहरूको भनाइ अनुसार मीनबहादुर गुरुङ, जसले भेप ओलीको प्रधानमन्त्रीत्वमा महत्त्वपूर्ण आर्थिक सहयोग गरेका थिए, उनीसँग सम्बन्धित कम्पनीहरूले अवैध व्यापार र तस्करीमा संलग्न हुने गरेको बताएका हुन्। अधिकांश सांसदहरूका अनुसार, गुरुङले अर्बौंको रकम दान गरेर देशभर खर्बौंको व्यापारमा प्रभाव जमाउने...
नेपालको सिंगापुरविरुद्ध ऐतिहासिक जित
काठमाडौं । नेपालले सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा १–० को ऐतिहासिक जित दर्ता गरेको छ। शुक्रबार सिंगापुरको घरेलु मैदानमा भएको खेलमा नेपालको लागि खेलको १२औँ मिनेटमा जिलस्पीजंग कार्कीले निर्णायक गोल गर्दै नेपाललाई अग्रता दिलाए। यो गोल नेपालको सिंगापुरविरुद्धको पहिलो अन्तर्राष्ट्रिय जीत बन्न पुगेको हो। साथै, यो म्याट रोसको प्रशिक्षणमा रहेको नेपाली टिमको पहिलो अन्तर्राष्ट्रिय खेल पनि हो। नेपालले अब आगामी एसियन कप...
प्रतिगमनको भुत नबोक्न ओली र प्रसाईलाई नेता दिपशिखाको चेतावनी
झापा । नेकपा माओवादी केन्द्रका नेता तथा वाईसियल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ले झापामा पुगेर प्रतिगमनका दुई प्रमुख नेताहरू केपी शर्मा ओली र दुर्गा प्रसाईलाई चेतावनी दिएका छन्। उनले झापाको ऐतिहासिक विरासतलाई सम्झाउँदै यस क्षेत्रले प्रतिगामी विचारधारा बोक्ने नेताहरूलाई सहन नगर्ने स्पष्ट संकेत दिए। वाईसियल नेपाल प्रदेश नं. १ को बैठकलाई सम्बोधन गर्दै सापकोटाले केपी ओली र दुर्गा प्रसाईतर्फ इंगित...
पुर्व राष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारी बिरुद्द अख्तियारमा उजुरी
काठमाडौं! पूर्व राष्ट्रपतिद्वय रामबरण यादव र विद्या भण्डारीबिरूद्ध भ्रष्टाचार गरेको आरोप लगाउदै युबराज सफलले आज अख्तियारमा उजुरी दर्ता गरेका छन्। युवराज सफलले पूर्वराष्ट्रपतिहरू रामवरण यादव र विद्यादेवी भण्डारी विरुद्ध राज्यको सम्पत्ति दुरुपयोग गरेको आरोप लगाएका हुन्। विशेष गरी, उनले आफ्नो निजी घर भए पनि भाडामा लिएर राज्यको खर्चमा बसोबास गरेको आरोप लगाएका छन्। यसले राज्यको कोषबाट अनावश्यक रूपमा खर्च बढेको...














