नेकपा केन्द्रीय सदस्य धिरेन्द्र शर्माद्वारा पार्टी परित्याग

0

इलाम जिल्ला इन्चार्जको जिम्मेवारीबाट अलग इलाम, पुस २५ - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज धिरेन्द्र शर्माले पार्टी परित्याग गरेका छन्। पार्टीभित्रको आन्तरिक मतभेद र राजनीतिक असन्तुष्टिका कारण शर्माले नेकपाबाट अलग भएको बताइएको छ। लामो समयदेखि पार्टी संगठन र जिल्ला इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका शर्माको पार्टी परित्यागलाई इलामको राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। उनको निर्णयले नेकपाको संगठनात्मक...

नेपाली कांग्रेसमा रडागो

0

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा आह्वान गरिएको विशेष महाधिवेशन रोक्न कांग्रेसको अपील ललितपुर, पुस २५ - नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आयोजना गरेको विशेष महाधिवेशन अवैधानिक भएको ठहर गर्दै उक्त भेला तत्काल रोक्न अपील गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरमा बसेको बैठकले पार्टीको विधान अनुसार...

युवा पुस्तामा चुनावी चासो बढ्नु सबैभन्दा महत्वपूर्ण: पूर्व निर्वाचन आयुक्त अयोधीप्रसाद यादव

0

काठमाडौँ। पूर्व निर्वाचन आयुक्त अयोधीप्रसाद यादव ले नेपाली राजनीतिक अभ्यासमा आगामी सुधार र युवापुस्ताको भूमिका सम्बन्धमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै भनेका छन् कि, “युवा पुस्तामा चुनावको चासो देखिनु सबैभन्दा महत्वपूर्ण कुरा हो। लोकतान्त्रिक अभ्यास र राजनीतिक नेतृत्वमा उनीहरूको सक्रिय सहभागिताले देशको भविष्य निर्धारण गर्छ।” उनी थप्छन् कि आगामी राजनीतिक अभ्यास प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणाली वा राष्ट्रपतीय प्रणाली अन्तर्गत नै हुने सम्भावना...

मध्य राति भावी प्रधानमन्त्री बालेन्द्रलाई बनाउने सहमति

0

काठमाडौं पुस १३ ! नेपाली राजनीतिमा देखिएको पछिल्लो संकेतले आशा र शंका दुवै जन्माएको छ। काठमाडौं महानगरपालिकाका मेयर बलेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीचको सहमति (वा सहकार्यको संकेत) लाई लिएर उठेको मूल प्रश्न यही हो—यो परिवर्तन लहडको हो कि विश्वस्त नेतृत्वतर्फको कदम? प्रधानमन्त्री तोकेर निर्वाचनमा जानु एक सकारात्मक कदमको रूपमा लिनुपर्छ । तर प्रधानमन्त्रीले जनताको...

बालेन–कुलमान भेटवार्तामा रास्वपाको प्रस्तावले पायो स्थान

0

काठमाडौं पुस १२ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बालेनलाई आएको प्रस्तावबारे छलफल भएको छ। कुलमान निकट स्रोतका अनुसार भेटका क्रममा बालेनले प्रधानमन्त्रीसम्मबाट विभिन्न खालका प्रस्ताव आएको विषय साझा गरेका थिए। स्रोतका अनुसार प्रस्तावसँग सम्बन्धित भूमिका, सहभागिता तथा जिम्मेवारीका विषयमा अझै स्पष्ट सहमति बनिनसकेको बालेनको भनाइ थियो। रास्वपाले हालै अघि सारेको...

रास्वपा सभापति रबि लामिछाने र मेयर बालेन्द्र शाहबीच भेटवार्ता

0

काठमाडौं पुस १० ! राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच कुपण्डोलमा अहिले भेटवार्ता सुरु भएको छ। लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार काठमाडौँको कुपन्डोलस्थित स्थानमा दुवै नेताबीच वान–टु–वान (एकल) वार्ता जारी छ। भेटवार्तामा समसामयिक राजनीतिक विषय, स्थानीय शासन तथा सहकार्यका सम्भावनाबारे छलफल भइरहेको बताइएको छ। वार्ताको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

नागढुंगा सुरुङमार्ग सञ्चालनको टेन्डर अन्तिम चरणमा

0

काठमाडौं पुस १० ! वार्षिक करिब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको नागढुंगा सुरुङमार्गको सञ्चालनका लागि आह्वान गरिएको बोलपत्र (टेन्डर) प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सम्बन्धित निकायका अनुसार सुरुङमार्गको नियमित सञ्चालन, मर्मतसम्भार, सुरक्षा व्यवस्थापन, प्रकाश तथा भेन्टिलेसन प्रणाली सञ्चालनलगायत कार्यहरूका लागि निजी क्षेत्रलाई जिम्मा दिने तयारी अन्तिम चरणमा पुगेको हो। टेन्डर प्रक्रियामा सहभागी कम्पनीहरूको प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकन भइसकेको...

खनाल पत्नी चित्रकार भेट्न पुगे प्रचण्ड-माधव

0

काठमाडौं पुस ९। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल ले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते हुनुभएकी नेता झलनाथ खनाल की धर्मपत्नी रविलक्ष्मी चित्रकार को स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। गत साता भारतमा उपचार पूरा गरी स्वदेश फर्किनुभएकी चित्रकारलाई भेट्न संयोजक र सहसंयोजक काठमाडौंको डल्लुस्थित निवासमा पुग्नुभएको हो। भेटका...

जेन्जी आन्दोलनबाट बहिष्कृत ओलीको एमालेमा तेस्रो पटक पुनरागमन

0

काठमाडौँ पुस  २ । काठमाडौंको भृकुटी मण्डपमा जारी एमालेको ११ औं महाधिवेशनबाट केपी शर्मा ओली नेकपा (एमाले) को अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका छन्। २,२२७ मत खसेको निर्वाचनमा उनले १,६६२ मत प्राप्त गरे जुन करिब ७४.६ प्रतिशत हुन्छ। जेन्जी आन्दोलनबाट बहिष्कृत ओली पुनरागमनले अब राजनीतिक झनै उत्तेजित हुने देखिएको छ । यो परिणामले पार्टीभित्र ओलीको संगठनात्मक पकड...

सिड्नी गोलीकाण्डका ‘रियल हिरो’ अहमेदसँग प्रधानमन्त्री अल्बनीजिको भेट

0

दीपेन्द्र श्रेष्ठ सिड्नी अस्ट्रेलिया पुस १ ! सिड्नीमा भएको भीषण गोलीकाण्डका क्रममा बन्दुकधारीबाट हतियार खोसेर दर्जनौँको ज्यान जोगाएका अहमेद एआई अहमेदलाई अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीजिले भेट गरेका छन्। अस्पतालमा उपचाररत अहमेदलाई भेट्दै प्रधानमन्त्री अल्बनीजिले उनको अदम्य साहस र मानवतापूर्ण कार्यको खुलेर प्रशंसा गरे। बोण्डाई क्षेत्रमा जुईस समुदायको पर्व ‘हानिका’ मनाइरहेका बेला बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको मृत्यु हुनुका साथै ४२...