माओवादीले ल्याएको एजेन्डामा देश हिडेको भए पनि जनतामा प्रचार नभई बिरोधि दलहरुले दुस्प्रचार गरेको : देवकोटाको आक्रोस

मुख्य समाचार

काठमाडौँ साउन १८ !  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट युवा संगठन वाईसिएल नेपालले सुदूरपश्चिम प्रदेश कमिटिको दोस्रो पूर्ण बैठक सम्पन्न गरेको छ l बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाइसिएल् नेपाल संयोजक सुमन देवकोटाले माओवादीले ल्याएको एजेन्डामा देश हिडेको भए पनि जनतामा प्रचार नभई बिरोधि दलहरुले दुस्प्रचार गरेको बताउनुभयो l बैठकमा बोल्दै संयोजक देवकोटाले नीतिगत एजेन्डा, दुरसंचार लगायतका क्षेत्रको विकास जस्तै :-हातहातमा मोवाइल कार्यक्रम,अध्यक्ष प्रचण्डले ल्याएको फास्ट ट्रयाक योजना लगायतका बिषयलाई प्रचार नगरिएको भन्दै आक्रोस व्यक्त गर्नुभयो l

संयोजक देवकोटाले आगामी भदौ ३ र ४ गते हुने भेलामा आम जनताको सवाल लाइ वाइसिएलले सम्बोधन गर्ने बताउनुभयो l अबको संगठन ब्यबसायिक, बैचारिक विचारधाराले युक्त संगठन निर्माण गरिने बताउनुभयो l यस्तै संगठनको विधान संशोधन गर्न आवश्यक देखिएकाले भेलाले यसबारे पनि आवश्यक छलफल गरेर निर्णय लिने बताउनुभयो । देवकोटाले भेलामा देशभरबाट ५०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने पनि जानकारी दिनुभयो ।

बैठकमा बिसेष अथितिको रुपमा रहनुभएका माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा वाइसिएल् सहसंयोजक सुबोधराज सेर्पालीले रास्ट्रिय भेलाले क्रान्तिकारी परिबर्तन ल्याउने बताउनुभयो l साथै उहाले केहि थान नेता उत्पादन गर्ने मात्र संगठन नहुने बताउनुभयो l साथै महंगी, ब्यथिति र भ्रस्टचार बिरुद्द सशक्त रुपमा प्रस्तुत हुने जानकारी दिनुभयो l थप प्रसंग जोड्दै युवाहरुले बिग्यतासहित देशको नेतृत्व लिन तयार अवस्थामा बस्नुपर्ने समेत बताउनुभएको छ l

बैठक वाइसिएल् प्रदेश संयोजक शिवबहादुर बोगटीको अध्यक्षतामा बसेको थियो l बैठकमा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष हरिराम चौधरी लगायतको उपस्थिति रहेको थियो l वाईसीएलले आगामी भदौ ३ र ४ गते तय भएको दोस्रो रास्ट्रिय भेलाको सन्दर्भमा विभिन्न प्रदेशमा प्रदेश कमिटि बैठक गर्दै आएको छ l प्रदेश कमिटिको सुदूरपश्चिम बैठक पछिपछि सम्पन्न भएको छ lअब पधाधिकारी बैठक बस्ने वाइसिएल नेपालले जनाएको छ l

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 5 =