Home अर्थ बजार वाईसिएल नेपालले शनिवार वित्तिय साक्षरता कार्यक्रम गर्दै

वाईसिएल नेपालले शनिवार वित्तिय साक्षरता कार्यक्रम गर्दै

220
0

काठमाडौं साउन २८! नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठन वाईसिएल नेपालले आफ्ना कार्यकर्तालाई उद्यमशीलता र विकासमा जोड्ने उदेश्य सहित वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

शनिवार राजधानीको के एल टावर स्थित हलमा तालिम सञ्चालन हुने बताइएको छ। युवा संगठन बेरोजगारहरुको सङ्गठन जस्तो हुन्नहुने भन्दै विभिन्न तवरले जागीर पेसा भन्दा बाहिर रहेका युवाहरुलाई निःशुल्क स्वरोजगार बनाउन तालिम सञ्चालन गरिएको वाईसिएल सम्योजक सुमन देवकोटाले जानकारी दिनुभएको हो। यसमा एक भुगोलबाट कम्तिमा २० जनालाई अनिवार्य उपस्थितिको लागि सुचित गरीएको छ। सामन्तवादी सोचहरु त्यागेर उद्यमशिलता र स्वरोजगारको तालीम सञ्चालन गरी नवयुवाहरूको भाग्य र भविष्य, मेहनत र पसिनामा रहेकाे उद्घोष गर्न वाईसिएल देशकै एकमात्र सङ्गठन भएको संयोजक देवकोटा दावी छ। झण्डा र डण्डा बोकेर दगुर्ने संगठन वाईसिएल नभएको संयोजक देवकोटा बताउनुभयो। साथै वाईसिएल नेपालले दोश्रो राष्ट्रिय भेलाको मुल नारा पनि

“आत्मनिर्भताका लागी नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौं !

सुदृढ संगठन विस्तारका लागी दोस्रो राष्ट्रिय भेला सफल पारौं !!” भन्ने तय गरेको छ । शनिवार राजधनीमा आयोजना हुने बित्तिय साक्षरताकार्यक्रमले नयाँ अभियान छेड्ने वाईसिएलको उद्घोष छ । युवा उद्यम बिना राजनीति र विकास संभव नभएको भनाई रहेको छ ।  समाजवाद उन्मुख युवा तयार पार्न लागिएको सम्योजक देवकोटाको शंखघोस्।

नवयुवाहरुलाई विभिन्न सिपमुलक तालिम दिएर संगठित गर्ने , युवाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन याेजना केन्द्रित गर्ने , समाजवादकाे अाधार तयार गर्न राजनीतिक ,बैचारिक , सांगठानिक र साँस्कृतिक रुपान्तरणमा भेलाको एजेण्डा तथा छलफल केन्द्रित हुने वाईसीएलस्रोतले जानकारी गराएको थियो।

 

 

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here