“सबै युवा वाइसिएलमा संगठित गरौ” भन्ने नारा सहित मधेसमा वाइसिएल नेता

मुख्य राजनीति

 काठमाडौँ असोज ४ !  नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको भदौ ३-५ राजधानीमा सम्पन्न दोस्रो राष्ट्रिय भेलाले पारित गरेका १५ बुँदे समसामयिक प्रस्तावहरुमध्य संगठन बिस्तार कार्यन्वयन गर्न सबै युवा वाइसिएलमा संगठित गरौ” भन्ने मूल नारा सहित तीनमहिने संगठन बिस्तार अभियान अन्तर्गत नेताहरु मधेश पुगेका छन आगामी प्रदेशसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनमा युवा परिचालन लगायत “तीन महिने संगठन सुदृढीकरण तथा विस्तार अभियान” रचनात्मक एवं प्रभावकारी बनाउने उदेश्यले मधेश पुगेको वाइसिएल नेपालका अध्यक्ष सुबोधराज सेर्पालीले जानकारी दिनुभयो l साथै जनताको भरोसा गर्न योग्य संगठन बनाउन युवाहरु केन्द्रित भएर आर्थिकसामाजिकसंस्कृतिक तथा राजनीतिक बैचारिक दृस्टी मार्फत समाज र राज्य निर्माण गर्न युवा लाम्बद्द हुनुपर्ने बताउनुभयो l

 

हिजो भएको वाईसीएल बिशेष प्रदेशको प्रथम बैठकमा “एक प्रदेश एक सामुहिक उत्पादन”, र “बिकासमा योगदान अनिवार्य श्रमदान”, लगायतका नारा सहित वाईसीएलमा आबद्द युवाहरुलाई परिचालन गरी उत्पादन, विकास र सामाजिक सहकार्य गर्ने भन्दै सक्रिय हुन नेता कार्यकर्तालाई सर्कुलरमा गरिएको थियो l

 

बैठकमा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा वाइसिएल् इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले वाइसिएल नेपालले  अब महंगी,भरस्टाचारदलालिकरण र चरम श्रम शोषणको बिरुद्द बोल्ने प्रण गर्ने बताउनुभएको छ श्रम र उत्पादनमा वाइसिएल भन्ने  नारा सहित युवाहरुलाई उद्यमशिल बनाउन एक पालिका १०० जना युवा जोडिने कार्यक्रम सहित राष्ट्रिय श्रम सहकारी गठन गरि उत्पादनब्यबस्थापन र बजारीकरण गर्ने योजना रहेको उहाँले बताएउनु भएको थियो l

साथै साथै नेपालको भू-भाग समेटिएको नक्सा भारतीय दुतावास लगायतमा नराखिएकोचिन र भारत सिमा क्षेत्रमा अतिक्रमण बढेको भन्दै सिमा अध्ययन कार्यदल बनाई त्यसको अध्ययन गर्ने र देशको भूमि रक्षाको निम्ति शंघर्षका कार्यक्रम संचालन गर्ने प्रतिबद्दता व्यक्त गरिएको छ l

विभेद पूर्ण असमान सन्धि सन् १९५० बिप्पा, SPP, MCC लगायतका सम्झौता राष्ट्र हित बिरुद्द भएको नभएको अध्ययन गरी देशको हित बिरुद्द भए तेस्को बिरुद्द खारेजीको माग गरि संघर्षका कार्यक्रम ल्याउने वाईसीएलले जनाएको छ l

बिस्तृत शान्ति सम्झौताको मर्म अनुरुप सत्यनिरुपण तथा मेलमिलापको कार्य सिघ्र अगाडी बढाउन समेत माग गरेको छ l

कार्यक्रममा अध्यक्ष सेर्पालीले आफ्नो नेतृत्वमा सहिद परिवारसंग भेटघाट तथा सम्मान कार्यक्रम र कार्यकर्ता संरक्षण अक्षय कोष निर्माण गरिने कुरा समेत जानकारी दिनुभयो साथै विदेश पलायन रोक्न युवा मैत्री कार्यक्रमहरु संचालन गर्ने योजनाहरु निर्माण गर्न सक्रिय रहने प्रतिबद्दता व्यक्त गर्नुभएको थियो l

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

48 ÷ 8 =