सुनीधी राणा बताउने महिला मीना जैसी रहेकाे खुलासा

मुख्य राजनीति

काठमाडौं असोज ४ !  आइतबार एउटा भिडियो एकै छिनमा भाइरल भयाे कारण थियो मिडियामा हामीलाई नज़रबन्द गरीयो म चोलेन्द्र समसेर राणाकी छोरी सुनिधि राणा हो हामीलाई गठबन्धन सरकारले औषधी किन्न जान समेत दिएन भन्दै इन्टरभ्यु दिने महिलाको नाम मीना जैसी घर दैलेख रहेको खुलेको छ !

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणाले आफु नजरबन्दमा परेको भन्दै मीना जैसीलाइ प्रयोग गरी झुठा कुरा व्यक्त गर्न लगाएको खुल्न आएको छ ।

चोलेन्द्रको पारिवारिक स्रोतका अनुसार, राणाकी सुनिधि नामकी कुनै छोरी छैनन् । उनका दुई श्रीमतीमध्ये जेठी उमा हमालतर्फबाट छोरी श्रृष्टि र छोरा सचिन्द्र शमशेर छन् ।

स्टोभ पड्किएर उमाको मृत्युपछि राणाले दोस्रो बिहे गरेका थिए । दोस्रो श्रीमतीतर्फबाट छोरी समृद्धि मात्र छिन् ।

अन्तर्वार्तामा देखिएकी युवती चोलेन्द्र शमशेरकी छोरी हैनन् एक आफन्तले भने । राणानिवासबाट निस्किँदै गर्दा अन्तर्वार्ता दिएकी युवती हुन्– दैलेखकी मीना जैसी ।

उनको घर दैलेखको साविक चामुण्डा गाविस हालको चामुण्डा-बिन्द्रासैन नगरपालिका हो । स्थानीय देवीराम जैसीका दुई छोरीमध्ये उनी जेठी हुन् । केही वर्षअघिसम्म देवीराम दैलेख सदमुकाममा होटल चलाउँथे ।मिडियासँगको अन्तर्वार्तामा सुनिधि राणा बताउने मीनाले दैलेख बजारस्थित सनराइज इङ्ग्लिस बोर्डिङ स्कुलबाट एसएलसी उत्तीर्ण गरी उच्च शिक्षाका लागि काठमाडौं आएकी हुन् ।

दैलेख जाँदा उनले आफू मोडलिङमा लागेको बताउने गरेकी थिइन् । तर, केही वर्षभित्रै उनको आर्थिक हैसियत बढेर निजी सवारी साधन प्रयोग गर्ने तहमा पुग्यो । उनले परिवारलाई पनि काठमाडौं ल्याइन् ।

आइतबार एकाएक राणाकी छोरीका रूपमा सञ्चारमाध्यममा छाएपछि दैलेखका छिमेकी र साथीसंगी अचम्ममा परेका छ्न ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =