काठमाडौं असोज ७! सत्तारुढ गठबन्धनका युवा संगठनहरुले जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार पाँचदलीय गठबन्धनका युवा संगठनहरुले जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपतिको असंवैधानिक कदम विरुद्ध ज्ञापनपत्र बुझाएका हुन् ।
शुक्रवार देशैभरका ७७ वटै जिल्ला प्रशासन कार्यलय मार्फत आ–आफ्नो अनुकुलतामा राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै ज्ञापनपत्र बुझाईएको योङ कम्युनिस्ट लिग (वाइसिएल) का केन्द्रीय अध्यक्ष सुवोध शेर्पालीले वताउनुभयो ।
उक्त विज्ञप्तिमा संयुक्त युवाहरूले सरकार द्वारा प्रमाणीकरणको लागी पेश गरिएकाे नागरिकता विधेयक संवैधानिक समय सीमा भित्र प्रमाणीकरण नगरी संविधानकाे संरक्षकबाटै हमला हुनु निन्दनीय भएको जनाएका छन् ।
नागरिकता विधेयक फेल भएपछि नेपाली नागरिकता प्राप्त गरिसकेका लाखौं बाबु-आमाका सन्तान नै नागरिकता प्राप्त गर्न बाट वञ्चित हुनु परेको बताएका छन् ।
साथै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक अराजतावादी कार्य गरेकाे उल्लेख गरिएको छ ।