गोदावरीमा पहिलो पटक एडभान्स स्काउट तालिम

मुख्य राजनीति समाचार

ललितपुर माघ ३ ! ललितपुरको गोदावरीमा ५१औँ उडवायज तथा ४४औँ गर्ल्स स्काउट एडभान्स तालिम सुरु भएको छ । मंगलबारदेखि सुरु भएको तालिमको उदघाटन गोदावरी नगरपाकलका प्रमुख तथा गोदावरी नगर संरक्षक मेयर गजेन्द्र महर्जनले गरे ।

 

५१ जना प्रशिक्षार्थी रहेको यो तालिम २०२४ यता झण्डै ५५ वर्षसम्म रोकिएको थियो । लामो समयपछि भएको यो तालिम स्काउटका अन्य तालिमभन्दा ठूलो तालिम मानिन्छ ।

 

तालिममा बागमती प्रदेशका विभिन्न जिल्लाका प्रशिक्षार्थीहरू सहभागी छन् । स्काउटको नेतृत्व विकासको लागि एडभान्स तालिम आयोजना गरिएको स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक पपिन्द्रमान सिंहले बताए ।

 

उनका अनुसार पिटिसी र बिटिसी तालिम कोर्सको लागि विभिन्न प्रशिक्षकहरू आएका छन् । स्थानीय स्काउट कार्यालय गोदावरी नगरपालिकाद्धारा आयोजित उक्त तालिमपछि स्काउटलाई स्कुल स्कुलमा लैजाने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।

 

‘सेवामूलक र निष्ठाको काम गर्ने संस्था हो, आपद्विपदमा यो संस्थाले गरेका उल्लेखीय काम छन्,’ उनले भने, ‘अब स्काउटलाई बागमती प्रदेशभर सक्रिय बनाउन आवश्यक छ ।’ उनले स्काउटका कार्यक्रम स्थानीय स्तर र स्कुलहरुमा लैजादा प्रभावकारी हुने बताए ।

 

उदघाटन कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका मेयर तथा स्काउट संरक्षक गजेन्द्र महर्जनले स्काउटालाई सीप तालिम र ज्ञान दिन आवश्यक रहेको बताए । उनले नगरपालिकाले लामो समयदेखि स्काउटका गतिविधि गर्दै जाने बताउँदै यसबारे प्रशिक्षार्थीहरु जिम्मेवार हुनुपर्ने पनि बताए ।

 

गोदावरी नगरपालिका– २ का वडाध्यक्ष राज घिमिरेले स्काउट समाजसँग हातेमालो गर्ने संस्था भएकोले आपद् विपद्को घडीमा यो संस्थाको प्रभावकारी भूमिका रहँदै आएको बताए ।

 

‘स्काउट सामाजिक र परोपकारी संस्था पनि हो, यसले सबैको भलो गर्छ,’ उनले भने, ‘त्यसकारण यसका गतिविधि र जनशक्ति पनि तालिमप्राप्त हुनुपर्छ ।’

 

हाल उपत्यकामा ककनी क्षेत्रमा स्काउटले तालिम तथा क्षमता अभिवृद्धिमुलक कार्यक्रम गर्दै आइरहेको छ । अब बागमती प्रदेश अन्तर्गत ललितपुरको गोदावरी क्षेत्रमा तालिम तथा अन्य प्रशिक्षण आयोजना गरिने बागमती प्रदेश स्काउट कार्यालय हेटौंडाले जनाएको छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 61 = 70