Home स्वास्थ्य अस्ताय विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापा

अस्ताय विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापा

12
0

काठमाडौँ l कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्ज्वल  थापाक‍ो मृत्यु भएको छ ।

कोभिड-१९ संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि १४ जेठमा मेडिसिटीमा भर्ना गरी इक्मो प्राविधिबाट उपचार गरिएको थियो ।

मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेट जाँदा निधन भएको उनको परिवारले जनाएको छ ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई ‘एक्स्ट्राकोपोरियल मेम्ब्रेन अक्सिजेनसन (एक्मो) प्रविधिबाट उपचार भइरहेको थियो ।

कोरोना संक्रमित भएका उनको रिपोर्ट नेगेटिभ देखाए पनि स्वास्थ्य अवस्था जटिल बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here