Home मुख्य इरानी राष्ट्रपति चढेको हेलिकप्टर दुर्घटनाग्रस्त

इरानी राष्ट्रपति चढेको हेलिकप्टर दुर्घटनाग्रस्त

14
0

कृष्ण पौडेल

एजेन्सी, जेठ ७ ! इरानी राष्ट्रपति चढेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ l राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार रहेको  हेलिकप्टर दुर्घटना भएको अन्तराष्ट्रिय संचार माध्यामहरुले जनाएका हुन् l

ईरानी सरकारी टेलिभिजनले हेलिकोप्टर दुर्घटनास्थलमा “जीवनको कुनै सङ्केत नरहेको” बताएको छ।

रोयटर्सको समाचारमा पनि इरानी अधिकारीलाई उद्धृत गर्दै हेलिकोप्टर “पूर्ण रूपमा जलेको” जनाइएको हो ।

उक्त हेलिकोप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमतीसहित अन्य महत्वपुर्ण व्यक्तिहरू पनि सवार रहेको जनाएका छन्।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकोप्टरले उडानका क्रममा कठिनाइको सामना गर्नु परेको थियो। उक्त हेलिकोप्टरले ‘हार्ड ल्यान्डिङ’ गर्नुपरेको इरानी सञ्चारमाध्यमहरूले जनाएका थिए।

इजराइलसँग युद्ध जारी गर्दै गरेको अवस्थामा राष्ट्रपति रइसी मृत्यु रहस्यमय भएको अनुमान गर्न सकिन्छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here