चौथो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री

मुख्य समाचार

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चौंथो पटक विश्वासको मत लिनुहुने भएको छ। अध्यक्ष प्रचण्ड २०७९ पौष ११ गते तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गठबंधन गर्दै बनेको सरकार पुनः भत्किएर काँग्रेससँग विश्वासको मत लिनु भएको थियो । नेपाली कांग्रेससँग काम गर्न गाह्रो भएको भन्दै पुनः अहिले एमाले सँग गठबंधन भएको छ । हालका सत्ता साझेदार दल उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकार छाडे सँगै पुनः विश्वासको मत लिनुपर्ने भएको हो ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

जनता समाजवादी पार्टी नेपाल वैशाख ३१ मा सरकारबाट बाहिरिएको थियो । एकजना सांसदले समर्थन फिर्ता लिए पनि सरकारले विश्वासको मत लिनु पर्ने संविधानको धारा १०० को उपधारा २ मा व्यवस्था गरिएको छ ।

प्रधानमन्त्रीको विश्वासको मत लिने विषयमा छलफल गर्न प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले बिहान १० बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ।

यसअघि प्रचण्डले पुस २६ मा पहिलो पटक विश्वासको मत लिनुभएको थियो। त्यतिबेला उहाँले इतिहाँस बन्ने गरी सर्वाधिक २६८ सांसदको मत प्राप्त गर्नुभएको थियो । यस्तै दुई सांसदले विपक्षमा मत दिएका थिए ।

यसै गरी दोस्रो पटक प्रचण्डलाई विश्वासको मत रहेको पक्षमा १७२ जना सांसदको मत पर्यो यस्तै ८९ सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत नरहेको पक्षमा मतदान गरेका थिए भने एक सांसद तटस्थ रहे । प्रतिनिधिसभामा भएको मतदानमा कुल २६२ सांसद उपस्थित थिए ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनहुने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ। संसद् सचिवालयका अनुसार संसद् बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

68 + = 71