Home मुख्य रविको नाम कार्यदलमा राख्ने नराख्ने भन्ने बिषयमा दलहरुको विवाद

रविको नाम कार्यदलमा राख्ने नराख्ने भन्ने बिषयमा दलहरुको विवाद

27
0
Google search engine

काठमाडौं जेठ १० ! देशैभर रहेका सहकारी संस्थाहरुको रकम हिनामिनाको विषयमा छानबिनका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको गृहमन्त्री रबि लामिछानेको नामको बिषयमा गएर अड्किएको छ । नेपाली कांग्रेसले  कार्यदलको बैठकमा गृहमन्त्री रबि लामिछानेको नामसमेत उल्लेख गर्नुपर्ने अडान कायम राखेपछि उक्त बैठक निष्कर्षबिहिन भएको हो l

मंगलबारको बैठकमा कांग्रेस लचक बनेको  भन्दै कार्यदलका संयोजक एवम् कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले आगामी बैठकमा सहमति जुट्ने विश्वास व्यक्त गर्नु भएको छ l

प्रतिनिधि सभा बैठक बुधबार बिहान ११  बस्ने भएको छ र बैठक अगाडी नै कार्यदलको सहमतिजुटाउने कोशिस हुने श्रोत बताउछ l

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here