दरबार दत्याकाण्ड २३ बर्ष पुग्दा अझै रहस्यमय

मुख्य समाचार

काठमाण्डौ जेठ १९ ! रहस्यमय हत्याकाण्ड तत्कालिन राजा बिरेन्द्र बिर बिक्रम शाहको बंश नास भएको आज २३ बर्ष पुरा भएको छ l राजा बिरेन्द्र सहित उहाको परिवारका सदस्यको चौतर्फी सुरक्षा घेराभित्र रहेको नारानहिटी दरबार भित्र २०५८ जेठ १९ गते भएको थियो l

दरबारभित्र भएको विभत्स  हत्याकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको दुखद मृत्यु भएको थियो। अन्य राजपरिवारका सदस्य र सहभागी कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए ।

घटनाको छानविनका लागि सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट र माधब कुमार नेपालको  उच्चस्तरीय छानविन समिति गठन भएको थियो  तर नेपालले भने राजिनामा दिएका थिए l बाकि दुइ सदस्य समितिले घटनाको दोषी युवराज दिपेन्द्रलाइ ठहर गरेको भए पनि आम जनताले बिश्वास गर्न सकेका छैनन् l

घटनाको रहस्यलाइ आम रुपमा बिश्वास गर्न नसक्ने गरि आएको उक्त छानविन प्रतिबेदन लाइ बिश्वास नगरेको आवस्था छ l निकट भविष्यको राजाले आफ्नै बाबुको हत्या गरेको घटनालाइ आम जनताले हाल सम्म पनि स्वीकार गर्न सकेको अवस्था छैन l

घटनाबारे उच्च व्यक्तिहरुको अभिव्यक्ति 

गत माघ १६ गते  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्ड पुनः अनुसन्धान गर्ने विषयमा अबिब्यक्ति दिएका थिए l केहि समय अघि  पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डबारे राजनीतिक झेल गरी भ्रम फैलाएको राजनीतिक दलहरुलाई आरोप लगाएका थिए l सोहि अभिव्यक्ति पछी  प्रधानमन्त्री दाहालले उक्त भनाइको प्रतिबाद गरेका थिए l यस्तै घटनाको छानविन गर्ने बिषयमा नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले पनि छानविन पुन: हुने अबिब्यक्ति दिएका थिए l

अझै जनता अलमलमा 

घटनापछी बनेको छानविन समितिले दोषी ठहर गरेको व्यक्तिको पनि हत्या भएको भन्दै आम जनताले हत्यारा पत्तालगाउनुपर्ने आम बुझाई छ l घटना लुकाउन हत्याको आरोप स्व. युवराज दिपेन्द्रलाई लगाइएको जनाभिब्यक्ति प्रस्ट बुझ्न सकिन्छ l स्वयम् विरेन्द्रका भाइ राजा हुदा पनि घटनाको छानविन गरिएर दीपेन्द्रलाई दोषी ठहर गरिएको थियो l घटना पछि राजनीतिक प्रतिशोधका कारण यस्ता माग उठ्ने गरेको भए पनि यस हत्याकाण्डको सत्य घटना सार्वजनिक गर्नेतर्फ कसैले चासो दिने गरेको पाइँदैन।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + = 17