काठमाडौँ जेठ २० ! आईसीसी पुरुष टि-२० बिश्वकप २०२४ को पहिलो खेलमा घरेलु टिम अमेरिकाले सानदार जित निकालेको छ lआइतबार बिहान क्यानाडा बिरुद्द लक्ष्य पछ्याउने क्रममा ७ विकेटले बिजयी भएको हो l
टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रंगशालामा टस हारेर पहिले ब्याटिंग गरको क्यानाडाले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १९४ रन बनाएको थियो l लक्ष्य पछ्याउने क्रममा अमेरिकाले ३ विकेटको क्षतिमा १७.४ ओभरमा १९७ रन बनाउदै लक्ष्य भेट्टाएको थियो l
अमेरिकाका आरोन जोन्सले सर्बाधिक ४० बलमा ९४ रनको पारि खेल्दै अविजित रहे l यस्तै उनलाई साथ दिदै येड्रिज गौसले ४६ बलमा ६५ रनको जोडेका थिए l
कलिम सानाको दोस्रो बलमै स्टिभ टेलर शून्यमा एलबी डब्लू आउट भएका थिए । कप्तान मोनांक पटेल डिलोन हेलिगरको बलमा एज लागेर १६ रनमा क्याच आउट भएका थिए । मोनांक पटेल आउट हुँदा अमेरिका ६.३ ओभरमा ४२-२ को अवस्थामा थियो । त्यसपछि कप्तान मोनांक पटेल डिलोन हेलिगरको बलमा एज लागेर १६ रनमा क्याच आउट भएका थिए ।
क्यानडाका ओपनर नवनीत धालिवालले ४४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाए पनि जितको लागि पर्याप्त हुन सकेन । निकोलस किर्टोनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ तथा श्रेयस मोभ्भा १६ बलमा २ चौका र २ छक्कासहित ३२ रनको योगदान दिए ।
क्यानडालाई ओपनर आरोन जोनसन र नवनित धालिवालले ५.२ ओभरमा ४३ रन जोड्दै राम्रो योगदान बनाएका थिए । जोनसन १५ बलमा ५ चौकासहित २३ रनमा नितेश कुमारबाट लङअफमा क्याच आउट भए । उनी स्पिनर हरम्रीत सिंहको स्लो बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट हुन पुगेका थिए ।
समूह ए मा क्यानडा, अमेरिका, आयरल्यान्ड, भारत र पाकिस्तान छन् । अब अमेरिकाले दोस्रो खेल ६ जुनमा पाकिस्तानसँग ग्राण्ड प्रेरीमा नै खेल्नेछ ।