Home मुख्य ११ देशका नेपाली राजदूत फिर्ता

११ देशका नेपाली राजदूत फिर्ता

34
0
Google search engine

काठमाडौँ जेठ २३ ! बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ११ देशका राजदुतलाई फिर्ता बोलाउने निर्णय गरेको छ l मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

भारतका लागि डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य, साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल, कतारमा डा. नरेशविक्रम ढकाल पोर्चुगलमा सनिल नेपाल राजदुत रहेका थिए l

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here