Home मुख्य बिहीबार मन्त्रीपरिषद्ले गरेका १० निर्णय

बिहीबार मन्त्रीपरिषद्ले गरेका १० निर्णय

44
0
Google search engine

काठमाडौं जेठ २५ ! बिहीबार  २०८१ जेठ २४ गते नेपाल सरकारले गरेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु यसप्रकार छन् ।

१. सम्माननीय प्रधानमन्त्रीज्यूले भारतका प्रधानमन्त्री नरेन्द्र दामोरदास मोदीको सपथग्रहण समारोहमा सहभागिता जनाउनु हुने निर्णय भएको छ ।

Google search engine

२. लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय भएको छ।

३. हेटौडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा श्री नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय भएको छ।

४. औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा श्री पदम ओलीलाई नियुक्त गर्ने निर्णय भएको छ।

५. मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ।

६. अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा श्री तेजबहादुर राईलाई तोक्ने निर्णय गरेको छ।

७. जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा (१) बमोजिमका ५२ रोगहरुलाई सङ्क्राम रोगहरुको रुपमा तोक्ने निर्णय गरेको छ।

८. जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ।

९. ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ।

१०. भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेशिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका गरी एघार जना राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here