नेदरल्याण्डले दियो १०४ रनको लक्ष्य

खेलकुद समाचार

भरत न्यौपाने

काठमाडौं जेठ २६ ! आइसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नवौं संस्करणको १६औं क्रीकेट खेल जुन ८ आज अर्थात् शनिबार बेलुका ८:१५ मा साउथ अफ्रिका vs नेदरल्याण्ड बिच भइरहेको  छ। टस हारेर ब्याटिङ गरेको नेदरल्याण्डले निर्धारित ओभरमा ९ विकेटको क्षेतिमा जम्मा १०३ रन मात्र जोड्न सक्यो ।

यो समाचार बनाउँदा सम्म साउथ अफ्रिकाले १० ओभरमा ४ विकेट गुमाएर ३२ रन जोडेको छ ।

दुवै टीम समुह डी मा रहेको छन्। टि -२० बरियतामा साउथ अफ्रिका ७ औँ र नेदरल्याण्ड १५औं स्थानमा छ । आइसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत क्रिकेट खेल दुवै टिमले १-१ खेल खेलेको थिए। दुवै टीमको समान २-२ अङ्क रहेको छन्।

साउथ अफ्रिका पहिलो खेलमा श्रीलंकासँग बिजय भएको थियो भने नेदरल्याण्डले नेपालसँगको खेलमा जीत निकालेको थियो।

यस अघि टि-२० खेलमा दुवै टिम २ पटक आउम्ने सामुन्ने भएको थिए जसमध्ये १-१ पटक समान दुवै टिमले जीत निकाल्न सफल भएका थिए।

आजको खेलमा दुवै टिम जीत हासिल गरी समूहमा पहिलो स्थान लागि भिड्दै छन्।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

88 ÷ = 88