१२ कक्षाको प्रश्नपत्र आउट गर्ने २ जना पक्राऊ

समाचार

काठमाडौं जेठ २८ ! १२ कक्षाको प्रश्नपत्र आउट गर्ने २ जना शिक्षक  काठमाडौंबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्लाका केही परीक्षा केन्द्रमा परीक्षापत्र मेसेन्जर, ह्वाट एप्स लगायतबाट सार्वजनिक गरेको आरोपमा दुई जना शिक्षक पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बागलुङ जिल्ला ग्वालीचौर ८ घर भई हाल ललितपुर उ.म.न.पा १८ बस्ने वर्ष ३१ को केशव घिमिरे र पाल्पा रिदिकोट गा पा ३ घर भई हाल कामनपा १६ बस्ने विकास ज्ञवाली रहेका छन् ।

उनीहरूलाई शिक्षा ऐन २०२८ अन्तर्गत कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 5 =