काठमाडौं जेठ ३२ ! गृहमन्त्री रवि लामिछानेको “गेम चेन्जर प्रोजेक्ट” राष्ट्रिय परिचयपत्र बनेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धि गेम चेन्जर पोर्जेक्टको ब्रिफिङ गरेका छन् ।
उसो त अपरान्ह २ बजे डाकीएको पत्रकार सम्मेलन २ घण्टा ढिलो गरी सुरु भएको थियो । कार्यक्रममा राष्ट्रिय परिचयपत्रमा सवारी चालक अनुमतिपत्रको क्युआर स्क्यान गर्ने कार्यबिधि विस्तारमा ब्रिफिङ गर्न पञ्जिकरण विभागका प्रवक्तालाई गर्न लगाईयो ।
त्यसै क्रममा नयाँ सवारी चालक अनुमतिपत्र आवेदन दिदाँ तथा नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको उल्लेख छ। यसै सन्दर्भमा विद्युतिय सेवा उपलब्ध गराउने विषयलाई गृहमन्त्री रवि लामिछानेले गेम चेन्जर बताउनुभएको हो ।
विरोधाभास परिचयपत्रको QR र नागरिक एप
यस विषयमा सरकारी निकाय नै विरोधाभास भएको जस्तो देखिएको छ। जनतालाई केही समय अघि मात्र नागरिक एप मार्फत सबै डकुमेन्ट हेर्ने व्यवस्थाको थालनी गरिएको थियो । हाल उक्त ऐपलाई अलपत्र छाडी राष्ट्रिय परिचयपत्र मार्फत सवारी चालक अनुमतिपत्र लगायतका, कर प्रणाली, सम्पति विवरण समेतलाई राष्ट्रिय परिचयपत्रको Qr मा आउने भन्दै फरक फरक र जनतामा विरोधाभास हुने गरी काम गर्नु ठीक कति बेठीक होला गृहमन्त्री ज्यु ?
कार्यक्रममा गृहमन्त्रीको विरोध
कार्यक्रममा गृहमन्त्री लामिछानेको विरोध भएको थियो। प्रेस ब्रिफिङ भएको भन्दै संचारकर्मी ले सोधेका प्रश्नको जवाफ दिन अनिच्छुक भई बाहिरिए पछि पत्रकारहरुले विरोध गरेका थिए ।
साथै कान्तिपुर ग्रुपका निर्देशक सम्भव सिरोहियाले सहकारी प्रकरण बारेको समाचार हटाउन गृहमन्त्रीको दबाब आएको भनेर दिएको वक्तव्य के हो भनेर प्रश्न गरेका थिए। सोही प्रश्नलाई लिएर गृहमन्त्री भागेको केही पत्रकारहरुले बताएका थिए।