प्योङयाङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरिया जाने भएका छन्। उत्तर कोरियाली नेता किम जोङ्ग उनको पछिल्लो रुस भ्रमणको क्रममा उनले पुटिनलाई आफ्नो देशमा आउने निम्तो दिएका थिए । त्यतिबेला पुटिनले निम्तो सहर्ष स्वीकार गरेका थिए । तर उनी भ्रमणमा कहिले निस्कनेछन् भन्ने टुङ्गो थिएन । पुटिन छिटै उत्तर कोरिया भ्रमणमा जान लागेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
पुटिन मंगलबारै उत्तर कोरिया आउन सक्ने दक्षिण कोरियाली स्रोतहरूलाई उद्धृत गर्दै बीबीसीको समाचारमा उल्लेख छ । उत्तर कोरियाले पुटिनको स्वागतका लागि भव्य तयारी गरिरहेको सेटलाइटबाट लिइएका तस्बिरले देखाएको बताइएको छ ।
कमेन्ट:
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1