भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरे, बेलायतमा डा विजन पन्त, दक्षिण कोरियाका लागी सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रन्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिए ।
मन्त्रिरिषद्को बैठकले अष्ट्रेलियाको भिक्टोरिया राज्य कार्यक्षेत्र हेर्ने गरी निराजन गौलीलाई र न्यू साउथ वेल्स राज्यको कार्यक्षेत्र हेर्नेगरी सञ्जीवकुमार शर्मालाई अवैतनिक वाणिज्यदूत पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।
विद्युत् नियमन आयोगको अध्यक्षमा डा रामप्रसाद धिताल र सदस्यहरुमा मधुसूदन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ। साथै राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा डा राजेन्द्रप्रसाद यादवलाई नियुक्त गरिएको छ । प्रतिलिपि अधिकारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने बैठकले निर्णय गरेको छ ।
यसै गरी बैठकले विश्व बैङ्कबाट उपलब्ध हुने ८० मिलियन डलरबराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। कर्णालीमा प्रदेशमा गएको भूकम्पले क्षति पुगेको पूर्वाधार पुनःनिर्माण र पुनर्स्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप आठ दशमलव एक मिलियन पाउण्डस्टर्लिङ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा डा राजेन्द्रप्रसाद यादवलाई नियुक्त गरिएको छ । प्रतिलिपि अधिकारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णयसमेत बैठकले गरेको छ ।