सौर्य एयरलाइन्सको जहाज बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट दुर्घटनाग्रस्त

मुख्य समाचार

काठमाडाैँ ! सौर्य एयरलाइन्सको कलसाइन ९ एन–एएमई जहाज ‘सी–चेक’ (पूर्ण परीक्षण) का लागि पोखरा जान बुधबार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट दुर्घटनाग्रस्त भएको छ। विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले ‘क्लियर अफ टेकअफ’ अर्थात उडान अनुमति दिएपछि जहाजले धावनमार्ग ०२ बाट उडान भरेको २० सेकेण्ड मै दुर्घटना भएको हो ।

एटीसीले उडान अनुमति दिनेबेलासम्म जहाजमा कुनै समस्या रहेको जानकारी ककपिटबाट नआएको जनाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार टेकअफ भइसकेपछि जहाज आकाशमा उडेर ४०० फिट माथि पुगिसकेपछि जहाज दाहिनेतर्फ मोडियो र भुइँमा बजारियो।

त्यसपछि अनियन्त्रित भएर अगाडि गएर खाल्डोमा खसेको देखिएको छ। उडेको २० सेकेन्डमा जहाज खसेको प्राधिकरणका सूचना अधिकारी भुल बताउँछन्। सो जहाज त्रिभुवन विमानस्थलको उत्तरतर्फ खसेको थियो।

विमान दुर्घटनाग्रस्त हुँदा एक बालकसहित १८ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। सकुशल उद्धार गरिएका विमान चालक मनिषरत्न शाक्यको हाल उपचार भइरहेको र उनी खतरामुक्त रहेको बताइएको छ। मृतकमध्ये एक यमनका नागरिक भएको सौर्य एयरलाइन्सले जनाएको छ। गलत दिशाबाट मोडिएको आकलन भए पनि दुर्घटनाको कारण भने खुलिनसकेको प्राधिकरणले जनाएको छ।

पछिल्लो समय नेपालमा भएका विभिन्न दुर्घटनाले गर्दा अन्तराष्ट्रिय उड्यानले युरोपले नेपाललाई कालोसूचिमा नै राखेको अबस्थामा हाल भएको घटनाले नेपाली आकाशलाई अझ असुरक्षित हो कि भन्ने कुराको लागी बल पुग्ने देखिन्छ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 8 = 64