लगानी बोर्डको कार्यकारी प्रमुखमा सुशील ज्ञवाली

अर्थ बजार मुख्य समाचार

काठमाडौं । सरकारले लगानी बोर्डको कार्यकारी प्रमुखमा सुशील ज्ञवालीलाई नियुक्ति  गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उहाँलाई सीईओ नियुक्त गरेको हो ।

साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सीईओका लागि आवेदन माग गरेको थियो । तत्कालिन सीईओ सुशील भट्टको कार्यकाल सकिएपछि सरकारले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन मागेको हो  l

माग भएको आबेदन मध्ये सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादव सर्ट लिस्ट (संक्षिप्त सूची) मा परेका थिए ।  ३ जनाको सुची मन्त्रिपरिषदमा सिफारिस भएको मध्य ज्ञवाली सीईओ नियुक्त  हुनुभएको हो ।

सरकारले यसपटक प्रमुख कार्यकारी सिफारिससम्बन्धी कार्यविधि २०८१ बनाएरै नियुक्ति प्रक्रिया अघि बढाएको थियो । साउन   २२ को मन्त्रिपरिषद्को बैठकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहने गरी सिफारिस समिति गठन गरेको थियो । समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी सदस्य र पूर्व अर्थसचिव राजन खनाललाई विज्ञ सदस्य बनाएको थियो।

सो समितिले नै संक्षिप्त सूचीमा परेकाहरुको अन्तर्वार्ता लिएर सिफारिसको निर्णय गरेको जनाईएको छ । बिहीबार लगानी बोर्डको सीईओ नियुक्त भएका ज्ञवाली साउन २०७७ मा पनि लगानी बोर्डको सीईको दाबेदार थिए । सर्ट लिस्टमा समेत परेका उनी तत्कालीन सरकारले सुशील भट्टलाई नियुक्त गर्ने भएपछि ज्ञवाली अन्तर्वार्तामा नै गएका थिएनन् ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

63 + = 64