Home मुख्य एसईईको पूरक परीक्षाको नतिजा सार्वजनिक

एसईईको पूरक परीक्षाको नतिजा सार्वजनिक

51
0
Google search engine

काठमाण्डौ ! उच्च माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

यसअघि परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरी कक्षा ११ मा पढ्न पाउनेभएका थिए। ५२ प्रतिशत विद्यार्थी (एनजी) फेल भएका थिए।

पूरक परीक्षा दिने विद्यार्थी दुईलाख दश हजार मध्य एक लाख उन्नाईस हजारले मात्र पास गर्न सफल भएका छन् । बाँकी नब्बे हजार पुनः फेल भएका छन्।

नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । वेबसाइटमा पूरै नतिजा अपलोड हुन भने केहीसमय लाग्ने बोर्डले जनाएको छ ।

बोर्डले २०८० सालको पूरक परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट सजिलै हेर्न सकिने जनाईएको छ । जसको लागी आफ्नो मोबाइलको मेसेज बक्समा गएर SEE स्पेस symbol no लेखि 34949 मा मेसेज गर्नुपर्नेछ ।

राष्ट्रिय परिक्षा बोर्डको वेबसाईट result.see.gov.np/result मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि मार्कसिटसहितको नतिजा हेर्न सकिन्छ । यस्तै नेपाल टेलिकमको वेबसाईट www.see.ntc.nt.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखेर मार्कसिटसहितको नतिजा हेर्न सकिन्छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here