Home अर्थ बजार लमजुङमा थपियो नमुना पेट्रोल पम्प

लमजुङमा थपियो नमुना पेट्रोल पम्प

33
0
Google search engine

भरत न्यौपाने

लमजुङ ! लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नं ९ स्थित भोटेओडार, फूलबारीमा आशिका ट्रेडर्स (नमुना पेट्रोल पम्प) सञ्चालनमा आएको छ। २०८१ असार २३ गते देखि सञ्चालनमा आएको हो।

युवा व्यवसायी सुरेश बाबु अधिकारी र तिर्थ राज न्यौपानेको संयुक्त लगानीमा उक्त पम्प सञ्चालनमा आएको हो । यस अघि लमजुङ जिल्लामा २ ओटा मात्र पेट्रोल पम्प रहेको थियो भने अब आशिका ट्रेडर्स खुलेसँगै ३ ओटा पेट्रोल पम्प भए पछि लमजुङबासी लाभान्वित हुने भएका छन्।

स्थानीय बासिन्दाहरुको लागि खुशीको क्षण बनेको छ। यस अघि पेट्रोल पम्प भएता पनि लमजुङ बासीहरु लाई तेल को लागि निकै लामो  लाईन बस्नु पर्ने समस्या परेको थियो।

लमजुङ जिल्लाको मुटु भन्दा पनि फरक नपर्ने ठाउँ भोटेओडार, फूलबारी मा रहेको यस पम्पबाट सुन्दरबजार नगपालिका, बेसीशहर नगरपालिका,राइनस नगरपालिका, मर्स्याङ्दी गाउँपालिका दोर्दी गाउँपालिका तथा मनाङ जिल्ला बासिहरुलाई समेत सहज भएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here