Home अर्थ बजार लमजुङको सुन्दरबजारमा हाट बजार सञ्चालनमा

लमजुङको सुन्दरबजारमा हाट बजार सञ्चालनमा

122
0

भरत न्यौपाने

लमजुङ ! स्थानिय कृषिजन्य उत्पादनहरूलाइं प्रोत्साहन गर्ने उद्देश्यले लमजुङ जिल्लामा स्थित सुन्दरबजार नगरपालिका अन्तर्गत सुन्दरबजारमा आज देखि हाट बजार सञ्चालनमा आएको छ । यस क्षेत्रमा अवस्थित सबै उत्पादकहरु तथा उपभोक्ताहरुलाई मध्यनजर गर्दै हाट बजार सुरू भएको हो। यसले जिबन निर्वाह मुखी देखि व्यवसायिक किसानहरुलाई धेरै नै फाईदा पुग्नेछ भने उपभोक्ताहरुलाई पनि किनमेलमा सजिलो हुनेछ।

गाउँघरमै उत्पादन भएको अर्गानिक तरकारी लगायत थुप्रै दैनिक उपभोग्य वस्तुहरु सहज रुपमा स्थानियहरुले खान पाउने भएका छन्। यस कृषि हाटबजारमा उपलब्ध हुने कृषिजन्य बस्तुहरु कागती , मोहि , घिउ ,सालको पात ,टपरी , दुना , अमला ,साग ,काडे धनिया , सिमि , केरा ,कडिपत्ता , काचो केरा , काक्रो , गहतेको तिमुर , सिस्नुको धुलो ,लसुन,मेवा ,टमाटर ,भेण्डि , मुला ,कुचो,
बेलाउती(अम्बा ), अकबरे खुर्सानी ,घिरौला ,निबुवा , चिचिण्डा ,करेला आदि कुरा रहने छन्।

स्थानीय कृषि बस्तुको उपभोग गरौ, विषादि हालेका खानेकुरा हरुलाई बहिष्कार गरौँ भन्ने मूल नाराका साथ यस कृषि हाटबजार संचालन गरिएको हो।
यस हाटबजार देखि सम्पूर्ण सुन्दरबजार बासीहरु लाभान्बित हुनेछन्।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here